चीनमा एक साताको अवधिमा झण्डै १३ हजार कोभिड सङ्क्रमितको मृत्यु | Khabarhub Khabarhub

चीनमा एक साताको अवधिमा झण्डै १३ हजार कोभिड सङ्क्रमितको मृत्यु


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनमा गत जनवरी १३ देखि १९ बीच एक साताको अवधिमा लगभग १३ हजार कोभिड-१९ सङ्क्रमितको मृत्यु भएको छ । गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो ।

अस्पतालमा भर्ना भएका छ सय ८१ बिरामीको कोरोना भाइरस सङ्क्रमणका कारण श्वासप्रश्वासको समस्याबाट मृत्यु भएको र एघार हजार नौ सय ७७ जनाको सङ्क्रमणसँगै अन्य रोगका कारण मृत्यु भएका चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सीडीसीले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ ।

गत डिसेम्बरमा चीनले शून्य–कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको सीडीसीले जनाएको छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ५ : २१ बजे

झापामा एमबीबीएस पठनपाठन सुरु

झापा– झापामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि

थ्रेसहोल्ड जति बढाए पनि हामीलाई केही फरक पर्दैन

सत्ता राजनीतिमा साना दलको चलखेल बढेको भन्दै कांग्रेस-एमालेको मिलिभगतमा सरकार

सिँचाइ विभागका इञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत

कर्णालीका दुग्ध उत्पादक किसानलाई प्रोत्साहन

सुर्खेत– तीन हजार बढी दुग्ध उत्पादक किसानलाई कर्णाली प्रदेश सरकारले

शहीद मार्ग स्तरोन्नति नहुँदा यात्रुलाई सास्ती

गण्डकी– शहीदका नाममा बनेको सडक वर्षौँ बित्दासमेत स्तरोन्नति हुन सकेको