अमेरिकी राष्ट्रपति बाइडेनको निवासमा एफबीआईको खानतलासी, ‘गोप्य’ लेखिएका दस्तावेज बरामद « Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेनको निवासमा एफबीआईको खानतलासी, ‘गोप्य’ लेखिएका दस्तावेज बरामद


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो एफबीआईले राष्ट्रपति जो बाइडेनको डेलावेयर राज्यको विल्मिङ्टनस्थित निवासमा खानतलास गरेको छ । खोजबिनका क्रममा ‘गोप्य’ लेखिएका केही दस्तावेज र उनका हस्तलिखित टिपोट एफबीआईले आफ्नो स्वामित्वमा लिएको राष्ट्रपतिका वकिलले बताएका छन् ।

राष्ट्रपति बाइडेनले स्वैच्छिकरूपमा एफबीआईको टोलीलाई खानतलासका लागि अनुमति दिएको बताइएको छ । एफबीआईको उक्त टोलीले खानतलासीको पूर्जी प्रस्तुत नगरे पनि यस किसिमको विशिष्ट प्रकृतिको खानतलासीले राष्ट्रपतिलाई अप्ठ्यारोमा पारेको छ ।

टोलीले बाइडेन उपराष्ट्रपति रहेको समयका छ वटा गोप्य दस्तावेज विल्मिङटन निवासको पुस्तकालयबाट फेला पारेको छ । राष्ट्रपतिले पुस्तकालयलगायत स्थानमा केही नभएको अनुसन्धान टोलीलाई बताएका थिए । आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्पको अशान्तिपूर्ण बहिर्गमनपछि अमेरिकी जनतामाझ आफ्नो सतचरित्रयुक्त छवि चित्रणको प्रयासमा रहेका राष्ट्रपति बाइडेनलाई यस खानतलासीबाट ठेस लागेको विश्लेषण गरिएको छ ।

१३ घण्टा लामो खोजबिनका क्रममा ‘गोप्य’ लेखिएका छ वटा दस्तावेज अनुसन्धान टोलीले आफ्नो नियन्त्रणमा लिएको राष्ट्रपतिका निजी कानून व्यवसायी बब बउरले बताएका छन् । टोलीले लिएका दस्तावेज कति गोप्य हुन् भन्ने स्पष्ट भएको छैन । अनुसन्धान टोलीले लिएका दस्तावेज कानून मन्त्रालयले समीक्षा गर्नेछ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ६ : ३० बजे

टेलिकम कम्पनीले किन बन्द गर्दैछन् ‘थ्रीजी’ सेवा ?

काठमाडौं– टेलिकम सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम र एनसेलले ‘थ्रीजी’

शक्तिशाली सरकारको सय दिन पूरा भएपछि धमाधम भडास पोख्दै सत्तारुढ सांसदहरू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार गठन भएको सय दिनपछि सत्तारुढ

प्राविधिक उच्चशिक्षातर्फ ७ जना विद्यार्थीले पाए छात्रवृत्ति 

काठमाडौं– बागमती प्रदेश सरकारले प्राविधिक उच्चशिक्षातर्फ ७ जना विद्यार्थीलाई छात्रवृत्ति

गृह प्रशासनलाई सुशासन र विकासको आधार बनाइने : गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा निकायमा मात्र