नाट्टाको नेतृत्वमा पर्यटन ‘सेल्स मिसन’ टोली भारत प्रस्थान « Khabarhub

नाट्टाको नेतृत्वमा पर्यटन ‘सेल्स मिसन’ टोली भारत प्रस्थान


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कोभिड महामारीपछिको नेपाली पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न पर्यटन व्यवसायीको टोली सेल्स मिसन लिएर भारत प्रस्थान गरेको छ । सोमबार नाट्टाका केन्द्रीय सदस्य विष्णु पाण्डेको नेतृत्वमा भारतमा नेपाली पर्यटन प्रवर्द्धन गर्न टोली भारत प्रस्थान गरेको हो ।

यो टोलीले वाराणसी, गोरखपुर र लखनउमा हुने सेल्स मिसन कार्यक्रम र बीटूबी गर्नेछ । भारतका लखनउ, गोरखपुर र वाराणसीबाट नेपालमा धेरै पर्यटक आउने गर्छन् । नेपालको पछिल्लो पर्यटनको अवस्था नयाँ गन्तव्य तथा त्यसका लागि लाग्ने खर्चसहितको प्याकेज लिएर नेपाली टोली नाट्टाको नेतृत्वमा भारत गएको हो ।

सेल्स मिसन टोलीमा नेपालका ११ वटा ट्राभल कम्पनी, बुद्ध एयरलाइन्स र लुम्बिनी तथा भैरहवाका ११ जना होटल व्यवसायीको पनि सहभागिता छ । टोलीलाई नाट्टाका वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल र नाट्टाका महासचिव कुमारमणि थपलियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गरेका छन् ।

 

भारतका विभिन्न शहरमा हुने सेल्स मिसनमा भारतका एक सय भन्दा बढी पर्यटन व्यवसायी सहभागी हुने नाट्टाले जनाएको छ । भारतमा सेल्स मिसन कार्यक्रम सम्पन्न गरेपछि यो टोली उतैबाट नेपालगञ्जमा माघ १५ गतेदेखि सुरु हुने वेष्टर्न ट्राभल मार्टमा सहभागी हुनेछ ।

यस्तै बुद्ध एयरले काठमाडौँ तथा पोखराबाट भारतका विभिन्न सहरमा उडान सुरु गर्ने योजना बनाएकाले पनि बुद्ध एयरका कर्मचारी सेल्स मिसन टोलीमा सहभागी भएका हुन् । यसअघि नाट्टाले पर्यटन बोर्डसँगको सहकार्यमा मलेसियामा सेल्स मिसन कार्यक्रम सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ६ : ०३ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका