नाट्टाको नेतृत्वमा पर्यटन ‘सेल्स मिसन’ टोली भारत प्रस्थान « Khabarhub

नाट्टाको नेतृत्वमा पर्यटन ‘सेल्स मिसन’ टोली भारत प्रस्थान


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : कोभिड महामारीपछिको नेपाली पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न पर्यटन व्यवसायीको टोली सेल्स मिसन लिएर भारत प्रस्थान गरेको छ । सोमबार नाट्टाका केन्द्रीय सदस्य विष्णु पाण्डेको नेतृत्वमा भारतमा नेपाली पर्यटन प्रवर्द्धन गर्न टोली भारत प्रस्थान गरेको हो ।

यो टोलीले वाराणसी, गोरखपुर र लखनउमा हुने सेल्स मिसन कार्यक्रम र बीटूबी गर्नेछ । भारतका लखनउ, गोरखपुर र वाराणसीबाट नेपालमा धेरै पर्यटक आउने गर्छन् । नेपालको पछिल्लो पर्यटनको अवस्था नयाँ गन्तव्य तथा त्यसका लागि लाग्ने खर्चसहितको प्याकेज लिएर नेपाली टोली नाट्टाको नेतृत्वमा भारत गएको हो ।

सेल्स मिसन टोलीमा नेपालका ११ वटा ट्राभल कम्पनी, बुद्ध एयरलाइन्स र लुम्बिनी तथा भैरहवाका ११ जना होटल व्यवसायीको पनि सहभागिता छ । टोलीलाई नाट्टाका वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल र नाट्टाका महासचिव कुमारमणि थपलियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाई गरेका छन् ।

 

भारतका विभिन्न शहरमा हुने सेल्स मिसनमा भारतका एक सय भन्दा बढी पर्यटन व्यवसायी सहभागी हुने नाट्टाले जनाएको छ । भारतमा सेल्स मिसन कार्यक्रम सम्पन्न गरेपछि यो टोली उतैबाट नेपालगञ्जमा माघ १५ गतेदेखि सुरु हुने वेष्टर्न ट्राभल मार्टमा सहभागी हुनेछ ।

यस्तै बुद्ध एयरले काठमाडौँ तथा पोखराबाट भारतका विभिन्न सहरमा उडान सुरु गर्ने योजना बनाएकाले पनि बुद्ध एयरका कर्मचारी सेल्स मिसन टोलीमा सहभागी भएका हुन् । यसअघि नाट्टाले पर्यटन बोर्डसँगको सहकार्यमा मलेसियामा सेल्स मिसन कार्यक्रम सम्पन्न गरेको थियो ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ६ : ०३ बजे

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी

दार्चुलामा आइतबार बिहानै भूकम्प

बैतडी- दार्चुलामा भूकम्प भएको छ। उक्त जिल्लाको घुसा आसपास केन्द्रविन्दु