विषादी परीक्षण प्रकरणमा मन्त्रीले स्वीकारे गल्ती « Khabarhub

विषादी परीक्षण प्रकरणमा मन्त्रीले स्वीकारे गल्ती


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपालमा आयात हुने फलफूल तथा तरकारीमा विषाधि परीक्षण नगर्ने निर्णय लिनुमा सचिवहरु जिम्मेवार रहेको आरोप लगाएका छन् ।

मन्त्री यादवले सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी सचिवहरुको भरपर्दा आफू सो निर्णयका कारण डुबेको पनि बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र आफ्नै मन्त्रालयका ३ जना सचिवहरुले गलत सुझाव दिएका कारण आफू सो निर्णयमा डुबेको मन्त्री यादवको दावी छ ।

मन्त्री यादवले सो निर्णयको जिम्मेवारी भने आफूले लिने पनि स्पष्ट पारेका छन् । उनले आफूलाई गुमराहमा राख्ने सचिवहरुलाई ठिक ठाउँमा बस्न पनि सचेत गराए । मन्त्री यादवले सरकारलाई विवादमा ल्याउने काम सचिवहरुले गर्न नहुने पनि बताए ।

आफूले ती विषयमा अध्ययन नगरी सो निर्णय लिएर गल्ती गरेको पनि मन्त्री यादवको स्विकारोक्ति थियो । उनले सो निर्णय कसैको दवावमा परेर नगरेको पनि पटक पटक दोहोर्‍याए ।

उनले आफूले हरेक निर्णय राष्ट्रको हितमा गरिरहेको दावी समेत गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै उद्योग सचिव यामकुमारी खतिवडाले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवका कारण सो निर्णयमा गल्ती हुन पुगेको स्पष्टिकरण दिएका थिए ।

सरकारले परीक्षणका लागि पूर्वाधार नभएको भन्दै आयातित तरकारी र फलफूलको विषाधि परीक्षण गर्ने निर्णय तत्कालका लागि स्थगन गर्ने निर्णय गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ४ : ५८ बजे

एक महिनापछि खुल्यो चिडियाखाना (तस्बिरहरू)

काठमाडौं– बर्डफ्लु संक्रमण फैलिएपछि करिब एक महिनादेखि बन्द ललितपुरको जावालाखेलस्थित सदर

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण

नयाँ आर्थिक वर्षको पहिलो दिन ७९ अंकले बढ्यो नेप्से

काठमाडौं– आर्थिक वर्ष ०८३/८४ को पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

भाइरल बन्न ‘चिप’ शब्द हाल्दा बहिष्कारमा दुर्गेश-प्रियंका

काठमाडौं – एक नाबालिग गायिकाको बालत्कार प्रकरणमा जोडिएपछि बहिष्कारमा परेका

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई