हिटरले ज्यान जोखिममा « Khabarhub

हिटरले ज्यान जोखिममा

बुँदामा ध्यान दिनुपर्ने कुरा


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जाडो मौसम छ। जाडोसँग जुध्न या बच्नका लागि हिटर बाल्नैपर्छ। यो चिसिँदै गएको वायुलाई सन्तुलित तापमानमा राख्ने कृतिम काइदा हो। खासगरी बुढाबुढी, रोगी, सुत्केरीका लागि यसले फाइदा नै दिन्छ। यसले मानिसलाई चिसोबाट राहत दिन्छ। तर यसले स्वास्थ्य र स्किनमा पनि क्षति गर्ने चिकित्सकले बताएका छन्। त्यसैले, तपाईं हिटर वा ब्लोअरको प्रयोग गर्दै हुनुहुन्छ भने पहिला आफ्नो परिवारको सुरक्षालाई सुनिश्चित गर्नुहोस्। यसको गलत प्रयोगले ज्यानै जान सक्ने भएकाले निकै सावधानी पुर्याउनु आवश्यक हुन्छ। न्यायो बनाउन प्रयोग गरिने हिटरलगायतको प्रयोग गर्दा ख्याल गर्नुपर्ने सवाल बुँदामा  :

-कहिल्यै पनि बन्द कोठामा हिटर अन गरेर ननिस्कनुहोस्। किनकी यसबाट बाहिरिने कार्वनमनोअक्साइड ग्यास मानिसको लागि निकै हानिकारक हुन्छ।

-ग्यासबाट चल्ने हिटर जलाएर कहिल्यै निदाउनु हुँदैन। यसो गर्दा श्वासप्रश्वासमा बाधा उत्पन्न भएर ज्यानै जाने खतरा हुन्छ।

-मुटु, श्वासप्रश्वास, खोकी जस्ता समस्या भएका व्यक्तिले एयर ब्लोअर र हिटरको प्रयोग गर्नु हुँदैन। यदि प्रयोग गर्ने हो भने कोठामा तातो पानी राख्न सक्नुहुन्छ। ताकी ब्लोअरको कारण हावा सुख्खा नहोस्।

-छालाको लागि पनि हिटर राम्रो मानिँदैन। लामो समयसम्म हिटरमा बस्दा छाला सुख्खा भएर जाने गर्छ। त्यति मात्र नभएर रातो दाग बस्ने, चिलाउनेजस्ता समस्या हुन्छ।

-हिटरले आँखालाई पनि सुख्खा बनाउन सक्छ। जसको कारण आखा पोल्ने जस्ता समस्या पनि निम्तिने गर्छन्।

-यदि हिटर या ब्लोअरमा बस्ने बाध्यता छ भने मनतातो पानी पिउनुपर्छ। त्यसको साथमा चिया, कफी, सुपजस्ता पेयपदार्थको पनि प्रयोग गर्नुस्। छालामा मोइस्चराइजरको प्रयोग गरिरहनुहोस्।

-जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपाय गरिए पनि पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटना हुने गरेका छन्। हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गर्नुपर्छ।

-आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामाग्री नजिकै राख्नु हुँदैन।

-आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गरौं।

-हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौं।

-सुत्नुअघि अनिवार्य रुपमा हिटर निभाउने गरौं।

-गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गरौँ।

-गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौँ।

-श्वासप्रस्वास तथा घाती रोग विशेषज्ञ डाक्टर रवी महतसँगको कुराकानीमा आधारित

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  १० : २६ बजे

एसीसी महिला प्रिमियर कप : हङकङले दियो नेपाललाई ११० रनको लक्ष्य

काठमाडौं– एसीसी महिला प्रिमियर कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम

समस्याग्रस्त पाँच सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त पाँच

अफ्रिकामा इबोलाको खतरा बढ्दो, कङ्गोमा २० हजार संक्रमित पुग्न सक्ने चेतावनी

किन्सासा– अफ्रिकी मुलुक कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला महामारी थप गम्भीर

सडक सञ्जालमा जोडियो अपि

दार्चुला– अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३

कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य आवश्यक : सभामुख

भजनी– सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबीच