सुनको मूल्य १ लाख ६ हजार ३०० कायम « Khabarhub

सुनको मूल्य १ लाख ६ हजार ३०० कायम


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाला सुन प्रति तोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड पनि हो । यसअघि सुनको मूल्य २०७८ फागुन २५ गते अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ११ : ४६ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्