तस्करी गरेको आरोपमा अफगानिस्तानमा दुई चिनियाँसहित पाँच जना पक्राउ « Khabarhub

तस्करी गरेको आरोपमा अफगानिस्तानमा दुई चिनियाँसहित पाँच जना पक्राउ


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तस्करी गरेको आरोपमा अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले दुई जना चिनियाँ नागरिकसहित पाँच जनालाई पक्राउ गरेको छ । एक हजार मेट्रिक टन लिथियमयुक्त चट्टान तस्करी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ नागरिकले अफगानिस्तानबाट अफगान सहयोगीहरूमार्फत पाकिस्तान हुँदै चीनमा बहुमूल्य पत्थर तस्करी गर्ने प्रयास गरेका बताइएको छ । बहुमूल्य पत्थरसँगै उनीहरूलाई पूर्वी अफगानिस्तानको सीमावर्ती शहर जलालाबादमा पक्राउ गरिएको हो ।

स्थानीय स्रोतका अनुसार बरामद भएका पत्थरमा ३० प्रतिशतसम्म लिथियम पाइन्छ । पाकिस्तानसँग सीमा जोडिएका अफगानिस्तानका नुरिस्तान र कुनारबाट गोप्यरूपमा ती पत्थर निकालिएको समाचारमा जनाइएको छ । चिनियाँ नागरिक र उनीहरूका अफगान सहयोगीहरूले अवैध रूपमा बहुमूल्य पत्थर पाकिस्तान हुँदै चीन ढुवानी गर्ने योजना बनाएका तालिबानन गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै रिपोर्टरलीले जनाएको छ ।

गत डिसेम्बर १२ मा एउटा होटललाई लक्षित गरी बम र बन्दुक आक्रमण हुँदा पाँच चिनियाँ नागरिक घाइते भएपछि चीन र अफगानिस्तानबीचको सम्बन्ध तनावपूर्ण बनेको छ । उक्त घटनापछि चीनले आफ्ना नागरिकलाई अफगानिस्तान छोड्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ३ : ५६ बजे

रास्वपा केन्द्रीय समिति बैठकले के-के निर्णय गर्‍यो ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिकाका प्रमुख

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन १४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई