बजारमा तरुलको माग बढ्दो « Khabarhub

बजारमा तरुलको माग बढ्दो


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

मध्यबिन्दु– नवलपरसी (बर्दघाट सुस्तापूर्व)  बाट यस वर्षको माघेसङ्क्रान्तिमा तरुल जिल्ला बाहिर बढी बिक्री भएको जनाइएको छ । यस वर्ष जिल्लाबाट एक सय टन तरुल बिक्रीबाट डेढ करोड बढी आम्दानी भएको व्यवसायीले बताएका छन् । जिल्लाको हुप्सेकोट, बुलिङटार र बौदिकाली गाउँपालिकामा तरुल राम्रो उत्पादन हुने गर्दछ । त्यहाँ उत्पादित वन तरुल प्रतिकेजी सय, पञ्जे तरुल ८० र मुढे तरुल ५० का दरले पोखरा र काठमाडौँ निर्यात गरेर डेढ करोड आम्दानी भएको थोक बिक्रेता लालबहादुर सारुले बताए । 

पुसको अन्तिम साताबाट तरुलको व्यापार भएको सारुले बताए। ‘पहिला तरुलको माग यति धेरै थिएन, बजारीकरणको समस्याले तरुलको व्यापार नभए पनि विगत तीन वर्षदेखि मकरसङ्क्रान्तिका अवसरमा बजारमा तरुलको माग बढेको छ’, उनले भने, ‘जिल्लामा व्यावसायिक रूपमा तरुलको खेती अझै हुनसकेको छैन’, सारुले भने, ‘कन्दमूलअन्तर्गत पर्ने तरुलका लागि अझै पनि वनकै भर पर्नुपर्ने बाध्यता छ तर माघेसङ्क्रान्तिमा तरुल खानैपर्ने हिन्दु परम्पराअनुसार यसको व्यापार पनि निकै फस्टाएको हो ।’

जमिनमुनि फल्ने फल रहेकाले तरुलमा कुनै विषादी हुँदैन ।  जिल्लाको पहाडी क्षेत्रका जंगल र खेतबारीमा उत्पादित तरुल तथा सक्खरखण्डको माग प्रशस्त छ । कावासोतीसहित दलदले क्षेत्रमा तरुल पहाडी क्षेत्रबाट किसानले ल्याउने गरेको व्यवसायी कृष्णबहादुर सारुले बताए ।

‘नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाडौँमा खपत हुने गरेको छ’, सारुले भने, ‘जिल्लाको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल दैनिकरूपमा पोखरा र काठमाडौँ पठाउने क्रम हिजो आज पनि जारी छ ।’

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ४ : १४ बजे

एमाले उपाध्यक्ष विष्णु पौडेलको रिट न्यायाधीशद्वय ढुङ्गाना र पोखरेलको इजलासमा

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदन

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय