भारतद्वारा मालदिभ्सलाई समुद्री एम्बुलेन्स प्रदान « Khabarhub

भारतद्वारा मालदिभ्सलाई समुद्री एम्बुलेन्स प्रदान


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले मालदिभ्सलाई समुद्री एम्बुलेन्स प्रदान गरेको छ । भारतीय सहयोग कार्यक्रमअन्तर्गत मालदिभ्सलाई दुई वटा समुद्री एम्बुलेन्स हस्तान्तरण गरिएको भारतीय समाचार संस्था एएनआईल जनाएको छ ।

मालदिभ्सको नूनु मनाढुमा आयोजित एक कार्यक्रममार्फत् मालदिभ्सको रक्षा मन्त्रालयलाई उक्त सहयोग हस्तान्तरण गरिएको एएनआईले जनाएको छ ।

एम्बुलेन्स हस्तान्तरण समारोहमा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका मालदिभियन समकक्षी अब्दुल्ला शाहिद पनि सहभागी रहेको बताइएको छ ।

भारतले उपलब्ध गराएका एम्बुलेन्स ६२ लाख मालदिभियन रुफया बराबरको रहेको एएनआईले जनाएको छ । भारतीय सहयोगबाट मुलुकको स्वास्थ्य सेवा सुदृढ हुने मालदिभ्स सरकारले जनाएको छ ।

मालदिभ्सको सरकारले विज्ञप्ति जारी गर्दै समुद्री एम्बुलेन्सबाट बिरामीलाई उपचारका लागि एक टापुबाट अर्को टापुमा लैजान सहज हुने जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ८ : ३६ बजे

आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेस इतरको निर्णय

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई

तीजले सामाजिक सद्भाव र पारिवारिक सम्बन्ध थप सुदृढ बनाउने मुख्यमन्त्री भट्टको विश्वास

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

ख्वप (भक्तपुर)- भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

मनिला- फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको बाङ्सामोरो स्वायत्त क्षेत्रको संसदीय निर्वाचनअघि

भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा एक अर्बभन्दा बढीको क्षति

काठमाडौँ- रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण