गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार « Khabarhub

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । काठमाडौँमा शीर्ष नेतालाई भेटेर फर्किए लगत्तै उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मन्त्रिपरिषद् मन्त्रीहरुको कार्यविभाजन पनि टुंगिएको छ ।मुख्यमन्त्री खगराज अधिकारीले एमालेकी सीता सुन्दासलाई आर्थिक मामिला मन्त्रालय, एमालेकै रोशन गाहा मगरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा दिएका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री, माओवादीकै रेशम जुग्जाली उद्योग,पर्यटन, वन तथा वतावरण मन्त्री, राप्रपाका पञ्चराम तमु सामाजिक विकास तथा स्वास्थ्यमन्त्री र एमालेका वेदबहादुर गुरुङ कृषि तथा जलस्रोत मन्त्री बनेका छन् ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ८ : ४९ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी