सुनको भाउको घट्यो, चाँदीको स्थिर | Khabarhub Khabarhub

सुनको भाउको घट्यो, चाँदीको स्थिर


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । सुनको मूल्य १०० रुपैयाँले घटेको हो। बुधबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको मूल्य १ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको थियो । सोही दिन छापावाला सुन प्रति तोला १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । यसअघि मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य बुधबार भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १२ : ४५ बजे

संविधान मान्दैनौ, राजा बाहेक जान्दैनौ भन्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राजावादी समूहले २०७२ को संविधान मान्दैनौ, राजा बाहेक जान्दैनौ

नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढ्नुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ पुस्ताको सोच र चाहनाअनुरूप

हजारौँ हात, आँसु र प्रेरणासँग फेरि उठ्नेछौँ : भाटभटेनी सुपरस्टोर 

काठमाडौं– प्रतिष्ठित चेन स्टोर भाट-भटेनीका २१ वटा स्टोरमा भएको आगलागी,

जुवा खेलिरहेको अवस्थामा तीन जना पक्राउ

मोरङ– जहदा गाउँपालिका-४ रामचोकस्थित लोहन्द्रा खोला किनार नजिक बाँस घारीमा जुवा (कौडा)

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने