शिशु जन्माएर कुलोमा फाल्ने महिला सात वर्षपछि पक्राउ « Khabarhub

शिशु जन्माएर कुलोमा फाल्ने महिला सात वर्षपछि पक्राउ


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्तव्य ज्यान मुद्दामा सात वर्षदेखि फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने गोरखा शहिदलखन गाउँपालिका–९ की २७ वर्षीया सीता लामिछाने रहेकी छन् ।

लामिछानेले २०७० मंसिर ७ गते शिशु जन्माएर चितवन साविकको पिठुवा गाविस–७ माधवपुरस्थित धानखेतको कुलोमा बेवारिसे फालेको अवस्थामा शव फेला परेको थियो ।

सर्वोच्च अदालतको २०७२ फागुन २० गतेको फैसलाले उनलाई कर्तव्य ज्यान मुद्दामा पाँच वर्ष कैद सजाय सुनाएको थियो । त्यसपछि फरार रहेकी उनलाई केन्द्रीय अनसुन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ८ : ४२ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा