महानगरद्वारा करदाता शिक्षाका लागि घरदैलो अभियान | Khabarhub Khabarhub

महानगरद्वारा करदाता शिक्षाका लागि घरदैलो अभियान


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

टङ्कीसिनवारी– आन्तरिक राजस्व संकलन सन्तोषजनक नरहेको भन्दै विराटनगर महानगरपालिकाले राजस्व वृद्धिका लागि विभिन्न उपाय अवलम्बन गरेको छ । 

महानगरपालिकाले राजस्व बढोत्तरीका लागि घरदैलोमा नै पुगेर करदाता शिक्षा अभियान जारी राखेको छ । सचेतनाका लागि जनप्रतिनिधि एवं महानगरपालिकाका सम्बन्धित शाखाका कर्मचारी खटिएका छन् । अभियानको शुभारम्भ गत मङ्सिर २९ गते नगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले करदाता शिक्षा अभियानको शुभारम्भ गरेका थिए ।

विराटनगरको उत्तरी सिमाना खारजी कोहवराबाट करदाता शिक्षा अभियानको सुरूवात गरिएको थियो । महानगरपालिकाको वडा नं २ मा जनप्रतिनिधि र कर्मचारीले घर, पसल तथा कारोबार स्थलमा नै पुगेर वडावासीलाई कर तिर्नुपर्ने दायित्वबारे शिक्षा प्रदान गरे । महानगरपालिकाले करदाता शिक्षा र कर तिरेको वा नतिरेका बारे नियमन गर्ने उद्देश्यका साथ वडा नं २ मा मंगलबारदेखि अभियान थालेको हो ।    

 घरदैलो गर्दै घर र पर्खालको नक्सा पास गरेको या नगरेको, सम्पत्ति कर, बहाल कर तिरेको वा नतिरेको, व्यवसाय दर्ता र नवीकरणलगायतका प्रक्रिया गरे-नगरेको भन्ने यकिन गर्दै वडावासीसँग मित्रवत संवाद गरिएको थियो । करका विभिन्न शीर्षकमा जरिवाना छुट गरिएको र म्यादभित्र नै सम्पूर्ण कर चुक्ता गर्न वडावासीसँग जनप्रतिनिधि र कर्मचारीले आग्रहसमेत गरेका थिए ।

अभियानको नेतृत्व गर्नुभएका महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतमले महानगरपालिका आर्थिकरूपमा पछाडि परेको बताए । उनले आन्तरिक आय वृद्धि गरी विकास निर्माण र प्रशासनिक सेवा प्रभावकारीरूपमा सञ्चालन गर्न बजेट चाहिने हुँदा आन्तरिक आय वृद्धिका लागि करदाता शिक्षा अभियान सञ्चालन गरिएको बताए । महाशाखा प्रमुख गौतमले चालु आर्थिक वर्षको अन्तसम्म अभियान जारी रहने बताए । 

महानगरपालिकाका लेखा अधिकृत सञ्जीवकुमार भट्टराईले वडावासीले घरजग्गाको नक्सा  पास नगराएको र पास गराए कुनै जरिवाना नलाग्ने भन्दै करसम्बन्धी सचेतना फैलाउँदै घरदैलोमा हिँडेको बताए । वडा नं २ का वडा सदस्य दीपक प्रधानले कर तिर्नु सबैको दायित्व रहेको बताए। महानगरपालिकाले २०७९ साललाई आन्तरिक आय अभिवृद्धि वर्षका रूपमा लिएको छ । 

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ३ : २१ बजे

‘उत्तरी नाइजेरियामा भएको गोलाबारीमा २१ जनाको मृत्यु’

एजेन्सी – उत्तरपश्चिमी नाइजेरियामा सशस्त्र सेना र आतंकवादीहरूबिच भएको गोलीबारीमा

नौ दलको एकता सभाअघि झलनाथ र घनश्यामलाई फकाउने प्रचण्डको अन्तिम प्रयास

काठमाडौं- नौ दल सम्मिलित नेपाली कम्युनिस्ट पार्टी घोषणा गर्नुअघि नेकपा

‘परान’मा दर्शक बढ्न लागेपछि निर्माताले भने– चाँडै अर्को फिल्म घोषणा गर्छौं

काठमाडौं – प्रदर्शनरत ‘परान’का निर्माता रञ्जित आचार्यले चाँडै अर्को फिल्म

घनेन्द्र र जीवनरामलाई साक्षी राख्दै घनश्यामको टिप्पणी- भ्रष्टाचार मुद्दा लागेपछि पद छाड्नुभन्दा माधव नेपालले बहुमतको बल देखए

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले अहिलेको अवस्थामा

राजदूत फिर्ता बोलाउने सरकारको निर्णयप्रति बारको ध्यानाकर्षण

काठमाडौं– नेपाल बार एसोसिएसनले राजदूत फिर्ता बोलाउने निर्णयका सम्बन्धमा सर्वोच्च