महानगरद्वारा करदाता शिक्षाका लागि घरदैलो अभियान « Khabarhub

महानगरद्वारा करदाता शिक्षाका लागि घरदैलो अभियान


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

टङ्कीसिनवारी– आन्तरिक राजस्व संकलन सन्तोषजनक नरहेको भन्दै विराटनगर महानगरपालिकाले राजस्व वृद्धिका लागि विभिन्न उपाय अवलम्बन गरेको छ । 

महानगरपालिकाले राजस्व बढोत्तरीका लागि घरदैलोमा नै पुगेर करदाता शिक्षा अभियान जारी राखेको छ । सचेतनाका लागि जनप्रतिनिधि एवं महानगरपालिकाका सम्बन्धित शाखाका कर्मचारी खटिएका छन् । अभियानको शुभारम्भ गत मङ्सिर २९ गते नगर प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले करदाता शिक्षा अभियानको शुभारम्भ गरेका थिए ।

विराटनगरको उत्तरी सिमाना खारजी कोहवराबाट करदाता शिक्षा अभियानको सुरूवात गरिएको थियो । महानगरपालिकाको वडा नं २ मा जनप्रतिनिधि र कर्मचारीले घर, पसल तथा कारोबार स्थलमा नै पुगेर वडावासीलाई कर तिर्नुपर्ने दायित्वबारे शिक्षा प्रदान गरे । महानगरपालिकाले करदाता शिक्षा र कर तिरेको वा नतिरेका बारे नियमन गर्ने उद्देश्यका साथ वडा नं २ मा मंगलबारदेखि अभियान थालेको हो ।    

 घरदैलो गर्दै घर र पर्खालको नक्सा पास गरेको या नगरेको, सम्पत्ति कर, बहाल कर तिरेको वा नतिरेको, व्यवसाय दर्ता र नवीकरणलगायतका प्रक्रिया गरे-नगरेको भन्ने यकिन गर्दै वडावासीसँग मित्रवत संवाद गरिएको थियो । करका विभिन्न शीर्षकमा जरिवाना छुट गरिएको र म्यादभित्र नै सम्पूर्ण कर चुक्ता गर्न वडावासीसँग जनप्रतिनिधि र कर्मचारीले आग्रहसमेत गरेका थिए ।

अभियानको नेतृत्व गर्नुभएका महानगरपालिकाका राजस्व महाशाखा प्रमुख सरोज गौतमले महानगरपालिका आर्थिकरूपमा पछाडि परेको बताए । उनले आन्तरिक आय वृद्धि गरी विकास निर्माण र प्रशासनिक सेवा प्रभावकारीरूपमा सञ्चालन गर्न बजेट चाहिने हुँदा आन्तरिक आय वृद्धिका लागि करदाता शिक्षा अभियान सञ्चालन गरिएको बताए । महाशाखा प्रमुख गौतमले चालु आर्थिक वर्षको अन्तसम्म अभियान जारी रहने बताए । 

महानगरपालिकाका लेखा अधिकृत सञ्जीवकुमार भट्टराईले वडावासीले घरजग्गाको नक्सा  पास नगराएको र पास गराए कुनै जरिवाना नलाग्ने भन्दै करसम्बन्धी सचेतना फैलाउँदै घरदैलोमा हिँडेको बताए । वडा नं २ का वडा सदस्य दीपक प्रधानले कर तिर्नु सबैको दायित्व रहेको बताए। महानगरपालिकाले २०७९ साललाई आन्तरिक आय अभिवृद्धि वर्षका रूपमा लिएको छ । 

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ३ : २१ बजे

०६२-०६३ यताका उच्च पदस्थको सम्पत्ति छानबिन हुन्छ : मन्त्री पोखरेल

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि एवं युवा तथा खेलकुदमन्त्री सस्मित

प्रधानमन्त्री कार्यालयद्वारा मन्त्रालयहरूसँग सवारी साधनको विवरण माग

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारस्थित सबै मन्त्रालयहरूलाई आफ्ना मातहतमा

चुनावी धक्कापछि राष्ट्रपति मुइजुको कदम : माल्दिभ्समा मन्त्रिमण्डल पुनर्गठन

एजेन्सी– स्थानीय चुनावमा पार्टीले बेहोरेको कमजोर नतिजापछि माल्दिभ्सका राष्ट्रपति मोहम्मद

जुम्लामा नौ हजार घरधुरीमा विद्युत्को पहुँच

जुम्ला– जुम्लाको एक नगरपालिकासहित सातवटा गाउँपालिका गरी आठवटा स्थानीय तहका