सम्मानपूर्वक बाँच्ने हकको सुनिश्चितता गर्न आयोगको आग्रह « Khabarhub

सम्मानपूर्वक बाँच्ने हकको सुनिश्चितता गर्न आयोगको आग्रह


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगले नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गर्न सरकारसँग आग्रह गरेको छ । नयाँ बानेश्वरको संसद् भवन अगाडि यही माघ ९ गते आत्मदाह गरी घाइते भएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले उक्त माग गरेको हो ।

उक्त विषयमा आयोगका सदस्य लिली थापाले आजै पीडित परिवारका सदस्यसँग भेट गरी घटनाका बारेमा जानकारी लिनुका साथै कानुनी प्रक्रियामा सहजीकरण गर्न पहल गरेको आयोगले जनाएको छ ।

“आत्मदाह गर्नु अगाडि आचार्यले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका विषय लोकतान्त्रिक शासन व्यवस्था अङ्गीकार गरेको राज्यका लागि अत्यन्त सोचनीय र संवेदनशील विषय रहेको छ”, ¬आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “राज्यका संयन्त्रबाट नागरिकका समस्या समयमै उचितरूपमा सम्बोधन हुन नसक्दा एउटा नागरिकले अत्मदाह गर्नुपर्ने अवस्था सिर्जना हुनु राज्यका लागि चिन्ताको विषय हो ।”

मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधानले प्रत्याभूत गरेको कुनै पनि व्यक्तिको बाँच्न पाउने हक र न्यायसम्बन्धी हकको सुनिश्चिताका साथै पेसा, व्यवसाय र सम्पत्तिको संरक्षण गर्ने वातावरणको निर्माण गरी राज्यको नागरिकप्रतिको दायित्व पूरा गर्न आयोगले माग गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ११ : ०४ बजे

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा