सुनथराली विमानस्थलमा कालोपत्र गरिँदै « Khabarhub

सुनथराली विमानस्थलमा कालोपत्र गरिँदै


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मान्म – कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । विमानस्थलको धावनमार्ग कालोपत्र गर्ने र नाला बनाउने काम सकिन लागेको छ ।

विसं २०४२ मा विमानस्थल निर्माण गरिएको हो । विमानस्थलमा रिपिटर टावर निर्माण भइसकेको छ । कालोपत्र र रङरोगन गर्ने काम भइरहेको सुनथराली विमानस्थल आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठले जानकारी दिए । “विमानस्थल निर्माण सकिन लागेको छ”, उनले भने, “चाँडै विमानस्थलमा जहाज अवतरण गराउने योजना छ ।”

विसं २०७३ माघ २९ गते परीक्षण उडान गरिए पनि विमानस्थलमा नियमित उडान भने हुन सकेको थिएन । नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले फागुनको पहिलो हप्तासम्म विमानस्थलमा पुनः परीक्षण उडानसँगै नियमित उडानको प्रयास भइरहेको बताए ।

विमानस्थल निर्माणमा रु एक अर्बभन्दा बढी खर्च भएको छ । कालोपत्र गर्न रु १४ करोड ९३ लाख खर्च भएको प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ११ : २० बजे

पार्टीबाट दुई पटक प्रधानमन्त्री र तीन पटक भन्दा बढी मन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र