थाइल्याण्डको तस्वीर राखेर ‘नेपाल भ्रमण वर्ष २०२०’ को विज्ञापन ! | Khabarhub Khabarhub

थाइल्याण्डको तस्वीर राखेर ‘नेपाल भ्रमण वर्ष २०२०’ को विज्ञापन !


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी बनाइएको पोस्टरमा थाइल्याण्डको तस्वीर राखिएको पाइएपछि टिकाटिप्पणी शुरु भएको छ ।

बेलायती पर्यटकलाई लक्षित गरी राखिएको पोस्टरमा थाइल्याण्डमा अवस्थित बुद्धको मूर्ति र बौद्ध भिक्षुहरु राखिएपछि टिकाटिप्पणी शुरु भएको हो ।  उक्त पोस्टर बेलायतको राजधानी लण्डनको वेष्टमिनिष्टर क्षेत्रमा रहेको सेन्ट जोन उडको मेट्रो स्टेशनमा राखिएको छ । तस्बीरमा थेरावाद बौद्ध भिक्षु तथा बुद्धको मूर्ती देखिन्छ । सोही तस्बीरमा नेपाल भ्रमण वर्ष २०२० को लोगो देखिन्छ ।

ग्यारी वर्नल नाम गरेका एक व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा उक्त पोष्टरको तस्बीर सार्वजनिक गर्दै नेपालमा पर्यटकलाई भित्र्याउनका लागि राखिएको पोष्टरमा थाइल्याण्डको तस्बीर अंकित छ ।

उनले तस्बीरको क्याप्सनमा ‘लण्डनको भूमिगतमा धेरै हाँसो उठ्दो नेपाल पर्यटन वर्ष २०२० को विज्ञापन । थाइल्याण्डका थेरावाद भिक्षु र बौद्ध मूर्ती ।’ लेखेका छन् । स्माईली सहितको क्यप्सनमा त्यसपछि लेखिएको छ, ‘भिजिट थाइल्याण्ड २०२०’

तस्बीरको कमेन्टमा भने मिश्रित प्रक्रिया आएका छन् । कमेन्ट गर्ने अधिकांश नेपालीले नेपाल पर्यटन बोर्डले यो लाजमर्दो काम गरेको प्रतिक्रिया दिएका छन् । डेभ प्रधानले उक्त तस्बीरको कमेन्टमा लेखेका छन्, ‘कस्तो दयालाग्दो उनीहरुले राम्रो र मौलिक तस्बीर भेटेनछन् ।’ त्यस्तै, नताशा श्रेष्ठले भने यस्तो हुनुमा शिक्षाको स्तरलाई दोष दिएकी छिन् ।

तर, कमेन्ट गर्ने गैर नेपाली मूलका प्रयोगकर्ताले भने यस्तो हुनु स्वभाविक रहेको टिप्पणी गरेका छन् । काने त्सुकामोतो लेख्छन्, ‘यस्तो गल्ती संसारभर हुन्छ । हामीलाई अरु देशबारै राम्रोसँग थाहा नै छैन ।’

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  १० : ५८ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ ।

धानको समर्थन मूल्यको पर्खाइमा किसान

कैलाली– कैलालीको टीकापुर नगरपालिका–४ का बन्धुराम डगौरा खाद्य व्यवस्था तथा

छठको कार्यक्रममा सहभागी हुन नसकेको भन्दै गगनले आयोजकसँग मागे क्षमा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले औपचारिक कार्यक्रममा सहभागी

देउसी भैलोमा सङ्कलित दुईलाख रुपैयाँ सडक निर्माणमा

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामाआमा समूहले देउसीभैलो खेलेर सङ्कलन गरेको

तीनसय बढी विदेशी पर्यटकबाट कञ्चनजङ्घा हिमाल क्षेत्रको भ्रमण

ताप्लेजुङ– पछिल्लो समय ताप्लेजुङस्थित हिमाल (पिक) आरोहण गर्न सुरुवात भएको