भारतले दक्षिण अफ्रिकाबाट १२ वटा चितुवा ल्याउने « Khabarhub

भारतले दक्षिण अफ्रिकाबाट १२ वटा चितुवा ल्याउने


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी महिना भारतले दक्षिण अफ्रिकाबाट १२ वटा चितुवा ल्याउने भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार दक्षिण अफ्रिकाबाट ल्याइने चितुवा मध्य प्रदेशको कुनो राष्ट्रिय वन्यजन्तु निकुञ्जमा राखिने छ ।

उक्त निकुञ्जमा हाल अर्को दक्षिण अफ्रिकी मुलुक नामिबियाबाट ल्याइएका आठ वटा चितुवा राखिएका छन् ।

चितुवा पुनःस्थापना गर्ने परियोजना कार्यान्वयन गर्न भारतले दक्षिण अफ्रिकासँग आगामी आठदेखि १० वर्षमा एक सय वटा चितुवा ल्याउने सहमति गरेको छ ।

दक्षिण अफ्रिकाको वातावरण मन्त्रालयले चितुवा पुनःस्थापना भारतको प्राथमिकतामा परेको र सोही अनुसार भारतलाई चितुवा प्रदान गर्न लागिएको जनाएको छ ।

सहमतिअनुसार दक्षिण अफ्रिकाले आगामी आठदेखि १० वर्षसम्म हरेक वर्ष १२ वटा चितुवा भारत पठाउने छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ५ : ०० बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ