भारतको कश्मीरका युवाहरु ‘मार्शल आर्ट्स’ तर्फ आकर्षित हुँदै « Khabarhub

भारतको कश्मीरका युवाहरु ‘मार्शल आर्ट्स’ तर्फ आकर्षित हुँदै


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको जम्मु कश्मीरका युवाहरु ‘मार्शल आर्ट्स’ तर्फ आकर्षित हुन थालेका छन् । भारतीय समाचार संस्था आईएएनएसका अनुसार हाल दक्षिण कश्मीरमा ठूलो सङ्ख्यामा युवाहरुले ‘मार्शल आर्ट्स’ को प्रशिक्षण लिइरहेका छन् ।

कश्मीरका युवाहरुले विभिन्न जिल्ला, राज्य एवम् राष्ट्रिय तहमा आयोजना हुने ‘मार्शल आर्ट्स’ प्रतियोगितामा प्रतिस्पर्धा गरी उपाधि पनि जित्दै आएका छन् । कश्मीरको पुलावामा जिल्लाको त्राल क्षेत्रमा ठूलो सङ्ख्यामा युवायुवतीहरुले ‘मार्शल आर्ट्स’ को प्रशिक्षण लिइरहेको आईएएनएसले जनाएको छ ।

त्रासको लुर्वो जागिर जिल्लामा बसोबास गर्दै आएका राष्ट्रिय ‘मार्शल आर्ट्स’ खेलाडी फिरोज अहमद भटले सो क्षेत्रमा प्रशिक्षण केन्द्रको स्थापना गरेका छन् । उनले सञ्चालन गर्दै आएको उक्त प्रशिक्षण केन्द्रमा मात्रै सयौँको सङ्ख्यामा प्रशिक्षार्थीहरुले ‘मार्शल आर्ट्स’ सिक्दै आएका छन् ।

उक्त प्रशिक्षण केन्द्रमा ‘मार्शल आर्ट्स’ सिक्नेमध्ये केहीले राज्य एवम् राष्ट्रिय तहमा उपाधि पनि जितेका छन् । गत डिसेम्बर महिनामा यस प्रशिक्षण केन्द्रमा प्रशिक्षण लिइरहेका ७ जना खेलाडीहरुले राज्य तहको प्रतियोगितामा विभिन्न उमेर समूहमा स्वर्ण पदक जितेका थिए ।

फिरोजका अनुसार उनले सन् २०१७ मा उक्त प्रशिक्षण केन्द्रको स्थापना गरेका हुन् । सुरुमा ६ जना प्रशिक्षार्थीबाट सुरु भएको उक्त प्रशिक्षण केन्द्रमा हाल २५० जनाले ‘मार्शल आर्ट्स’ सिक्दै आएका छन् ।

 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ८ : ३६ बजे

टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की

काठमाडौं – काठमान्डू गोर्खाजले एनपिएल क्रिकेटको प्लेअफमा आफ्नो सुरक्षित बनाएको

अख्तियार प्रमुखसहित १० हाइप्रोफाइललाई कसले दियो ‘सफाया’ गर्ने धम्की?

काठमाडौँ – सरकारले विभिन्न १० हाइप्रोफाइल व्यक्तिको निवास वरपर पनि

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द

नयाँदिल्ली – भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता

नेपाली महलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न सरकारसँग आग्रह

काठमाडौं – अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले विदेशी मह