सोलुखुम्बु : काठ निकासीमा गिरावट « Khabarhub

सोलुखुम्बु : काठ निकासीमा गिरावट


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु : सोलुखुम्बुमा काठ निकासीमा गिरावट आएको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक २०७९/८० को सोही अवधिमा काठ निकासी दुई हजार ३९ दशमलव ६६ क्युफिटले गिरावट आएको हो ।

गत आवको पहिलो छ महिनामा ६७ हजार चार सय २६.८२ क्युफिट काठ निकासी भएकोमा चालु आवको सोही अवधिमा ६५ हजार तीन सय ८६.१६ क्युफिट काठ निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जसबाट रु २३ लाख ३१ हजार चार सय ६४ मूल्य अभिवृद्धि कर, एक लाख ५० हजार नौ सय १६ प्रदेश कर र छ लाख २३ हजार आठ सय ४५ रुपैयाँ ४३ पैसा स्थानीय निकासी शुल्क सङ्कलन भएको डिभिजन वन कार्यालयका फरेष्टर खेचरबाबु बाँस्तोलाले बताए ।

चालु आवमा आर्थिक मन्दी, बजारको समस्या, व्यवसाय गर्नेले लगानी गर्न नसक्नुलगायतका कारणले काठ निकासीमा गिरावट आएको अनुमान गरिएको छ । जिल्लाको विभिन्न निजी वन क्षेत्रबाट काठ निकासी हुने गरेको वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १० : ४८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने