सोलुखुम्बु : काठ निकासीमा गिरावट « Khabarhub

सोलुखुम्बु : काठ निकासीमा गिरावट


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु : सोलुखुम्बुमा काठ निकासीमा गिरावट आएको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक २०७९/८० को सोही अवधिमा काठ निकासी दुई हजार ३९ दशमलव ६६ क्युफिटले गिरावट आएको हो ।

गत आवको पहिलो छ महिनामा ६७ हजार चार सय २६.८२ क्युफिट काठ निकासी भएकोमा चालु आवको सोही अवधिमा ६५ हजार तीन सय ८६.१६ क्युफिट काठ निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जसबाट रु २३ लाख ३१ हजार चार सय ६४ मूल्य अभिवृद्धि कर, एक लाख ५० हजार नौ सय १६ प्रदेश कर र छ लाख २३ हजार आठ सय ४५ रुपैयाँ ४३ पैसा स्थानीय निकासी शुल्क सङ्कलन भएको डिभिजन वन कार्यालयका फरेष्टर खेचरबाबु बाँस्तोलाले बताए ।

चालु आवमा आर्थिक मन्दी, बजारको समस्या, व्यवसाय गर्नेले लगानी गर्न नसक्नुलगायतका कारणले काठ निकासीमा गिरावट आएको अनुमान गरिएको छ । जिल्लाको विभिन्न निजी वन क्षेत्रबाट काठ निकासी हुने गरेको वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १० : ४८ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज