कामबाट प्रमाणित गरेर देखाउनुपर्छ : उपसभापति गुरुङ « Khabarhub

कामबाट प्रमाणित गरेर देखाउनुपर्छ : उपसभापति गुरुङ


१४ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वालिङ– नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले निर्वाचित जनप्रतिनिधिहरूले गफभन्दा पनि काम गरेर देखाउनुपर्ने बताएका छन् । गत मङ्सिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ बाट विजयी भएसँगै मतदातालाई धन्यवाद दिनेक्रममा आज वालिङ ८ बिपी चोकमा आयोजित कार्यक्रममा उहाँले कामबाट प्रमाणित गर्नुपर्ने जिम्मेवारी आफूमाझ रहेको बताए ।

‘जनता धेरै सचेत हुनुहुन्छ, धेरै बुझ्नुभएको छ, नेताले गफ बढी गर्छन् काम गर्दैनन् भन्ने बुझाइ छ’, उनले भने, ‘यो पाँच वर्षमा देखिने गरी काम गर्नुपर्छ, काम देखेमात्र जनताले विश्वास गर्नुहुन्छ, नत्र यी पनि उस्तै हुन् पक्कै भन्नुहुनेछ ।’ स्याङ्जा–२ का जनताले निर्वाचनका बेला अमूल्य मत दिएर आफूलाई विजयी गराएकाले पनि यहाँको विकास निर्माण तथा जनताको जीवनस्तर परिवर्तन गर्ने बताए। 

निर्वाचनका बेला जनतामाझ गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने उनले दाबी गरे। ‘यहाँका जनताले नेपाली कांग्रेस तथा मलाई विश्वास गरेर जिम्मेवारी बोकाइ दिनुभएको छ’, उनले भने, ‘जनताको अमूल्य मतबाट प्राप्त जिम्मेवारीलाई पूरा गरेरै छाड्छु, विश्वस्त हुनुहोस् बीचमै छाड्दिन ।’

कामभन्दा बढी भाषण गर्ने र गफ मात्रै लगाउने प्रवृत्तिका कारण नेताहरूप्रति जनताको विश्वसनीयता गुम्दै गइरहेको छ । धन्यवाद ज्ञापन गर्नेक्रममा गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्याल, कल्पना तिवारीले निर्वाचनका बेला आफूहरूले अगाडि सारेको घोषणापत्रको पूर्ण कार्यान्वयनमा जोड दिने प्रतिबद्धता जनाए। विजयी भएका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले कार्यतालिका नै बनाएर मतदातालाई धन्यवाद ज्ञापनका घरदैलो तथा टोलटोलमा पुगेका हुन्।

प्रकाशित मिति : १४ माघ २०७९, शनिबार  ७ : ४६ बजे

‘क्यूआर–क्यूआर’ भन्दै उडाउनेहरूले श्रमदान गर्दैनन्, विकास पनि देख्दैनन् : हर्क साम्पाङ

उर्लाबारी – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले श्रमदान

गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर मजदुरको मृत्यु

गोरखा – गोरखामा निर्माणाधीन जलविद्युत् आयोजनाको पर्खालबाट खसेर आज एक

काभा भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौं – राजधानीमा आजदेखि सुरु भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन

इरानसँगको जारी वार्तामा ‘केही प्रगति’ भएको अमेरिकी विदेशमन्त्रीको भनाइ

हेलसिङुवर्ग – अमेरिकी विदेशमन्त्री मार्को रुबिओले द्वन्द्व रोक्नका लागि इरानसँग