विभिन्न ब्रान्डका नक्कली मदिरा उत्पादन गर्ने तीन जना पक्राउ « Khabarhub

विभिन्न ब्रान्डका नक्कली मदिरा उत्पादन गर्ने तीन जना पक्राउ


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले विभिन्न ब्रान्डका नक्कली मदिरा उत्पादन गरी बिक्रीवितरण गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिरा उत्पादन गरी कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरिएको जनाएको हो ।

पक्राउ पर्नेमा दोलखा कालिन्चोक ३ का निरज उप्रेती, स्याङ्जा गल्याङ नगरपालिका ९ का धर्मी गौडेल र सिन्धुली तीनपाटन २ का गणेश बहादुर रानामगर रहेका छन् ।

निरज उप्रेतीले ललितपुरको कुपण्डोलमा सञ्चालन गरेको मदिरा पसलमा खानतलासी गर्दा नक्कली खुकुरी रम फेला पारी अनुसन्धान गर्दा ललितपुर महालक्ष्मी नगरपालीका ५ मा नक्कली मदिरा उत्पादन गर्ने स्थान फेला पारिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक मनोज कुमार केसीले जानकारी दिए

प्रहरीले नक्कली गोल्डेन, खुकुरी रम, रुस्लान भोड्कालगायत ब्राण्डका नक्कली मदिरा बरामद गरेको हो ।

 

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ६ : ५१ बजे

देश बनाउन श्रमदान आवश्यक : हर्कराज राई

धरान (सुनसरी)- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ

जापान र चीनबीच बढ्दो तनाव

काठमाडौं- गत वर्ष चिनियाँ जनताले जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध तथा