इस्टर्न रिजन एसीसी यू-१९ छनोटमा नेपाल र हङकङ भिड्दै « Khabarhub

इस्टर्न रिजन एसीसी यू-१९ छनोटमा नेपाल र हङकङ भिड्दै


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मलेसियामा जारी इस्टर्न रिजन एसीसी यू-१९ छनोट क्रिकेटको फाइनल खेलमा अहिले नेपाल र हङकङबीचको खेल जारी छ । किनरारा मैदानमा हङकङविरुद्ध टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णय गरेको छ।

उपाधि दाबदार मानिएका दुबै टोलीले एक अर्कालाई पराजित गर्दै यू-१९ एशिया कपमा स्थान बनाउने छ। एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले फाइनमा स्थान बनाएको थियो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा हङकङले सिंगापुरलाई डिएल पद्दतिको आधारमा ५१ रनले पराजित गर्दै फाइनलमा स्थान बनाइएको हो ।

नेपाली टिमले फाइनलका लागि सेमिफाइनलकै टिम मैदान उतारेको छ । आज पनि बिशाल विक्रम केसी, प्रतिस जिसी र लोकेश बमलाई विश्राम दिइएको छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ८ : १३ बजे

मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु

मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

कास्की – गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले