नीतिगत पहल अघि बढाएका छौँ : अध्यक्ष केसी « Khabarhub

नीतिगत पहल अघि बढाएका छौँ : अध्यक्ष केसी


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले साइबर सेक्युरिटी र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल गरिरहेको बताएका छन् ।

चलचित्र पत्रकार सङ्घ नेपालले आयोजना गरेको दुई दिने कार्यशालाको समापन कार्यक्रममा बोर्ड अध्यक्ष केसीले अहिले सामाजिक सञ्जालमा आउने दृश्यले फिल्मलाई असर गरेको गुनासो बढिरहेकाले त्यसको नीतिगत समाधान गरिने बताए । उनले कानुन संशोधन मात्रै समस्याको समाधान नभइ नयाँ कानुन बनाउनु आवश्यक रहेको बताउँदै यसका लागि बोर्डले पहल गरिरहेको बताए। अध्यक्ष केसीले बोर्डको गतिविधिहरूलाई सही तरिकाले समाचार बनाएर प्रसारण तथा प्रकाशन गरी हौसला बढाउनुका साथै आवश्यक परे खबरदारी गर्न समेत कार्यशालामा सहभागी पत्रकारलाई आग्रह गरे । 

नेपाल प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, कृष्ण भट्टराई, प्रकाश सायमी, विकास रौनियार, केपी ढुंगाना, विष्णु घिमिरे ‘कल्पित’, नरेश भट्टराई, शान्तिप्रिय, विदुर गिरी, विजयरत्न तुलाधर र डब्बु क्षेत्रीले सहभागीलाई प्रशिक्षण दिएका थिए ।

सङ्घका अध्यक्ष दिनेश सिटौलाले कार्यशालाको सिकाइले सबैलाई लाभ दिएको बताए । ‘सिकाइको पूर्णविराम हुँदैन, यो निरन्तर चल्ने क्रम हो’, उनले भने। उनले सैद्धान्तिक मूल्य मान्यतालाई आत्मसात गर्दै समयसापेक्ष प्रविधिको प्रयोगसँगै अबको पत्रकारिता अघि बढ्नुपर्नेमा जोड दिए।

शुक्रबार र शनिबार ‘फिल्म जर्नालिज्म इन मोडर्न इरा’ विषयमा भएको कार्यशालामा देशभरका एक सयभन्दा बढी पत्रकारको सहभागिता थियो ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १२ : ५४ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले