सेयर बजारमा ४१ अंकको गिरावट | Khabarhub Khabarhub

सेयर बजारमा ४१ अंकको गिरावट


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा ४१.०१ अंकले ओरालो लागेर २१२७.५२ विन्दुमा आएर रोकिएको छ । 

आइतबार नेप्से परिसूचकमा १४.६८ अंकले ओरालो लाग्दा ३ अर्बभन्दा बढी रकमको कारोबार भएको थियो । सोमबार भने २५६ कम्पनीको  ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्बभन्दा बढी रकमको कारोबार भएको छ । 

सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब १७ करोड रुपैयाँको बिक्री भएको छ। साथै, रिडी हाइड्रो पावर कम्पनीको १० करोड ४८ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।

लुम्बिनी जनरल बिमा र आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।  कुल २०४ कम्पनीमा ओरालो लागेको छ भने जम्मा ९ कम्पनीमा उकालो लागेको छ । 

सोमबार सबै उपसूचकहरू राताम्मै भएको छ । सबैभन्दा धेरै फाइनान्स इन्डेक्स र होटल तथा पर्यटनको ३ प्रतिशतले मूल्य घटेको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ३ : ५१ बजे

अन्तिमसम्म कोसिस गर्दा पनि विद्यालाई मोरङमा छेक्न सकेन ओली पक्षले

काठमाडौं – विराटनगरस्थित उद्घोष दैनिकको वार्षिकोत्सवमा सहभागी हुन सोमबार कोशी

आर्थिक वर्षको पहिलो महिनामा २४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको औद्योगिक क्षेत्रमा

सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित हुँदैन : महासचिव पोखरेल

सिन्धुपाल्चोक– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको

युक्रेन जोगाउन अमेरिकी सैनिक जाँदैन : ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँग युद्धरत युक्रेनको सुरक्षा