पाकिस्तानको पेशावरमा विष्फोट हुँदा २८ जनाको मृत्यु « Khabarhub

पाकिस्तानको पेशावरमा विष्फोट हुँदा २८ जनाको मृत्यु


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको पेशावर सहरमा रहेको एक मस्जिदमा भएको विष्फोटमा परी २८ जनाको मृत्यु भएको छ । पेशावरको मस्जिदमा प्रार्थानाका लागि मानिसहरु भेला भएका बेला विष्फोट भएको हो । विष्फोटमा परी अरु १५० भन्दा धेरै घाइते भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

विष्फोटपछि मस्जिदको संरचना ध्वस्त भएको र भग्नावशेषमा धेरै मानिसहरु फसिरहेको हुनसक्ने प्रहरी अधिकारी सिकन्दर खानलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । पेशावर प्रहरी प्रमुख मुहम्मद इजाज खानले विष्फोटनका बेला उक्त मस्जिदमा ३ सय जनाभन्दा धेरै मानिसहरु भेला भएको जानकारी दिएका छन् ।

सुरक्षा अधिकारीले पछिल्लो विष्फोटन आत्मघाती आक्रमण भएको हुनसक्ने भन्दै अनुसन्धान गरिरहेको जनाएका छन् ।

आक्रमणको जिम्मा हालसम्म कुनै पनि समूहले लिइसकेको छैन । यद्यपि सुरक्षा अधिकारीले केही समययता पाकिस्तानी तालिबानले ठूलो आक्रमण गर्नसक्ने चिन्ता व्यक्त गर्दै आएका थिए । पछिल्लो समय तहरिक ए तालिबान पाकिस्तान टीटीपी भनिने पाकिस्तानी तालिबान र पाकिस्तानी प्रशासनबीचको सम्बन्ध बिग्रिँदै गएको बताइन्छ ।

पाकिस्तानी प्रधानमन्त्री सहबाज शरिफले आक्रमणको निन्दा गर्दै अधिकारीहरुलाई घाइतेको उपचार गर्न निर्देशन दिएका छन् । उनले आक्रमणमा संलग्नमाथि कारवाही गरिने आश्वासन पनि दिएका छन् ।

अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तमा पर्ने पेशावर सहरमा बेलाबेला आक्रमण हुने गरेका छन् । गत वर्षको मार्च महिनामा पेशावरमा आत्मघाती बम आक्रमणकारीले विष्फोट गराउँदा ६४ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ४ : ५० बजे

केन्द्रीय बैंकको एकीकृत निर्देशन संशोधन : सूक्ष्म निगरानी, खराब कर्जा वर्गीकरणजस्ता व्यवस्थामा परिवर्तन

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरिएको

यु–१९ एसिया कप : नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

काठमाडौं– एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले नेपालले बङ्गलादेशसामु

महेश बस्नेत भन्छन् : मुलुकका लागि केपी ओलीको नेतृत्व अपरिहार्य

काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतले मुलुकको वर्तमान अवस्थामा पार्टी

ईश्वर पोखरेलसहितका नेता भन्छन् : पुरानो नेतृत्वमाथि अनेक प्रश्न छन्, हामी विकल्प दिन्छौँ

काठमाडौं- नेकपा एमालेको अध्यक्षका उम्‍मेदवार ईश्वर पोखरेलले पार्टीलाई सही ढंगले

लेखराज उपमहासचिवमा चढ्दा भानुभक्त सचिवमा ओर्लिए, राजेन्द्रको स्वतन्त्र उम्मेदवारी

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा