घरमै भत्ता आउँदा ज्येष्ठ नागरिक खुसी | Khabarhub Khabarhub

घरमै भत्ता आउँदा ज्येष्ठ नागरिक खुसी


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मध्यबिन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका-२ चनौलीका ७२ वर्षीय मीनकुमारी महतो घरमै ज्येष्ठ नागरिक भत्ता पाएपछि खुसी छिन् ।

शारीरिक समस्याका कारण सहजरूपमा हिँडडुल गर्न नसक्ने उनलाई जनप्रतिनिधि र बैंकका कर्मचारीले घरमै भत्ता ल्याइदिएका हुन् । “अरु व्यक्ति जस्तो हिँडडुल गर्न सक्दिनँ, बैंकसम्म पुग्न पनि टाढा हुँदा समस्या भएको थियो अहिले घरमै भत्ता पाउँदा छु”, उनले भनिन्। 

चौमासिकरुपमा पाउँदै आएको भत्ता यसपालि भने घरमै पाउँदा मनकुमारी जस्तै मध्यबिन्दु नगरपालिका वडा नं १, २, ३ र ४ का नागरिक पनि खुसी छन् । मध्यबिन्दु नगरपालिकाले बैंकसँगको समन्वयमा सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता वितरण शिविरबाट एक हजार पाँच सय लाभग्राहीलाइ गाउँमै भत्ता दिइएको हो ।

 बैंक पुग्न घण्टौँ समय लाग्ने समस्यालाई मध्यनजर गर्दै स्थानीयको समय र खर्च कम गर्न कर्मचारीको टोलीले वडामा पुगेर सेवा दिएको मध्यबिन्दु नगरपालिका–१ का वडाध्यक्ष तिलकराम न्यौपानेले बताए। ‘बैंकमा आउन नसक्ने अपांगता भएका व्यक्ति, अशक्त, बिरामीलगायतका सेवाग्राहीलाई घरमै पुगी भत्ता वितरण गरिएको छ’, उनले भने ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ४ : ५६ बजे

चितवनमा रगतको अभाव, रक्तदान गर्न दाताहरूलाई आग्रह

चितवन– जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान

आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने 

काठमाडौं– आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को

बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला

जलेश्वर– बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौ‌ं– काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको

विपक्षी दलहरूसँगको छलफलमा प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी