एक चीन नीति पालना गर्न अमेरिकालाई चीनको आग्रह « Khabarhub

एक चीन नीति पालना गर्न अमेरिकालाई चीनको आग्रह


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चीनले अमेरिकी अधिकारीहरूलाई एक चीन नीति र तीन चीन-अमेरिका विस्तृत समझदारीको पालना गर्न अनुरोध गरेका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार विज्ञप्ति जारी गर्दै चीन-अमेरिका बीचको सम्बन्धलाई खलबल पुर्याउँने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन् ।

सार्वजनिक सञ्चार माध्यममा जनाइएअनुसार अमेरिकी रिपब्लिकन काङ्ग्रेसका केभिन म्याकार्थीले यसै वसन्तमा ताइवानको भ्रमण गर्ने योजना बनाएको र अमेरिकी रक्षा मन्त्रालयले त्यस भ्रमणको तयारी गरिरहेको बेला चीनको उक्त टिप्पणी सार्वजनिक भएको हो ।

मन्त्रालयका प्रवक्ता माओले चीनले चीनसँग कूटनीतिक सम्बन्ध भएका देशहरूले ताइवान क्षेत्रमा कुनै प्रकारको दुई देशीय गतिविधिको विरोध गर्दछ ।

प्रवक्ता माओले अमेरिकी सांसदहरूले एक चीन नीति र तीन चीन(अमेरिका सम्झौताको पालना गर्ने आशा व्यक्त गरे । दुई देश बीचको संयुक्त विज्ञप्ति र चीन–अमेरिकालाई असर गर्ने कुनै पनि काम नगर्न र ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई कमजोर बनाउँने कुनै पनि प्रकारका गतिविधि नगर्न उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ९ : ४० बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान