जाडोमा छाला जोगाउने उपाय « Khabarhub

जाडोमा छाला जोगाउने उपाय

धेरै तातो पानीले नुहाउनु हुँदैन



काठमाडौं – जाडो महिनाको वातावरणमा मोइस्चर कम हुने र हावा सुख्खा हुने भएकाले छालामा विभिन्न समस्या देखिन सक्छन्। जाडोमा चिसोले नाक रातो हुने, कपालमा चाया पर्ने, आँखामा कत्ला आउने लगायत समस्या देखा पर्दछ। यसका साथै छाला सुख्खा हुने, हातखुट्टामा कत्ला पर्ने, चिलाउने, छाला रातो हुनेलगायत समस्या आउन देखिन सक्छन्।
कतिपय अवस्थामा लुतो पनि देखिन्छ। लुतो आउँदा औंलाका काप र पेटमा राति चिलाउने गर्छ। चिसोको प्रभावले हात खुट्टा सुन्निने, छाला रातो हुने, झमझमाउने, खुट्टा फुट्ने लगायत समस्या देखिन्छन्।

किन हुन्छ जाडोमा छालाको समस्या ?
– साबुनको धेरै प्रयोगले छाला सुख्खा हुनुका साथै फुट्ने समस्या हुन्छ।
– धेरै तातो पानीले नुहाउनाले छाला सुख्खा हुन्छ।
– ब्लड प्रेसरको औषधि सेवन गर्नेमा छाला सुख्खा हुने समस्या धेरै हुन्छ।
– विभिन्न रोगका औषधि सेवन गर्नेहरूमा पनि छाला सुख्खा हुने समस्या बढी हुन्छ।
– छाला सुख्खा हुनेहरूलाई चिलाउने समस्या बढी हुन्छ ।
– पटक पटक धेरै पानी चलाउँदा पनि हात फुट्ने हुन्छ।

छालालाई सुख्खा हुनबाट कसरी जोगाउने
– जाडो याम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउनुपर्छ।
– खानपानमा विशेष ध्यान दिनुपर्छ। हरियो साग सब्जीका साथै प्रशस्त पानी पिउने गर्नुपर्छ।
– छालामा टाँसिने गरी सुती कपडाको प्रयोग गर्नुपर्छ।
– धेरै तातो पानीले नुहाउनु हुँदैन ।
– कडा खालको साबुनको प्रयोग नगर्ने। मोइस्चराइजिङ कन्टेन्ट हाई भएका साबुन अथवा सावर जेलको प्रयोग गर्नुपर्छ।
– नुहाउना साथ मोइस्चराइजर क्रिम लगाइहाल्ने। जसले गर्दा छाला सुख्खा हुन पाउँदैन।
– यदि धेरै सुख्खा भएर हात खुट्टा फुट्ने समस्या छ भने मनतातो पानीमा नुन राखेर डुबाउने अनि तेलसँगै मोइस्चराइजर लगाउने गर्नुपर्छ।
यति गर्दा गर्दै पनि तपाईंको छाला सुख्खा हुने र फुट्ने समस्या भयो भने डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ। (मेडिसिटी अस्पतालमा कार्यरत डर्माटोलोजिष्ट डा. उमा केयलसँग गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ७ : ०७ बजे

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ