‘पूर्ण बहादुरको सारङ्गी‘ २० हलबाट उतार्ने निर्माण पक्षको घोषणा « Khabarhub

‘पूर्ण बहादुरको सारङ्गी‘ २० हलबाट उतार्ने निर्माण पक्षको घोषणा


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशभरका हलमा उच्च शो र हाउसफुल अकुपेन्सीसाथ प्रदर्शन भइरहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ २० हलबाट उतार्ने घोषणा निर्माण पक्षले घोषणा गरेको छ ।

मोफसलका हलहरूले निर्माण पक्षलाई फिल्म प्रदर्शनबापत सङ्कलित रकमबारे जानकारी गराए पनि त्यसमा असहमति जनाउँदै निर्माता सेभेन सीज इन्टरटेन्मेन्टले शनिबारदेखि नै ती हलबाट चलचित्र उतार्ने जनाएको हो ।

बिराटनगरको अरुण हल, जनकपुरको निलम सिनेमाज, लालबन्दीको विना हल, गोरखाको गोरखा हल, बर्दिवासको बर्दीवास हल, मोरङको विराटचोक हल, इनरुवाको सी.वी. हल, बरहथवाको दीपक हल, द्वारिका हल, विराटनगरको हिमालय हल, दोलखाको चरिकोट हल, राजगढको एभरेष्ट हल, धनकुटाको धनकुटा हल, पाँचथरको फिदिम हल, नुवाकोटको त्रिशूली हल, इलामको इलाम हल, महेन्द्रनगरको लभ कुश हल, त्रीमुर्ति हल, जनकपुरको गिरिराज हल र दमकको पाथीभरा हलबाट फिल्म निकालिने सेभेन सीज इन्टरटेन्मेन्टले जानकारी दिएको हो ।

फिल्म निकाल्दा पर्ने असुविधाप्रति क्षमा माग्दै कम्पनीले दर्शकहरूलाई नजिकैको अर्को हलमा गएर चलचित्र हेरिदिन आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १० : २९ बजे

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।