समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डलाई दियो २० बुँदे सुझाव « Khabarhub

समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डलाई दियो २० बुँदे सुझाव

आर्थिक संकट समाधानको पहल


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर देशको आर्थिक संकट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गर्दै समाजवादी पार्टीले २० बुँदे ज्ञापनपत्र बुझाएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी समस्यामा परेको बताएका छन् । आर्थिक समस्याले बाँच्न धौधौ हुँदा दैनिक आत्महत्या बढेको ठहर समाजवादी पार्टीको छ ।

‘देशको आर्थिक संकट समाधानका लागि आवश्यक व्यवस्था गरोस्’, अध्यक्ष नेपालले हस्ताक्षर गरेको ज्ञापनपत्रमा लेखिएको छ । आर्थिक संकट समाधानका लागि प्रधानमन्त्री प्रचण्डलाई विभिन्न २० बुँदामा सुझावसमेत दिइएको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १० : ०० बजे

जेन-जी आन्दोलनको उपहास : सर्वत्र पाका उम्मेदवारको रजगज

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नेपाली

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

पाल्पा– जिल्ला सुरक्षा समिति पाल्पाले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको

पञ्चैबाजा समूहबाट लोकबाजा घर स्थापना

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ

राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका विभिन्न दुईवटा समितिका बैठक

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खसेर