मोटरेवल पुल निर्माणसंगै रेश र धम्जावासीलाई सहज « Khabarhub

मोटरेवल पुल निर्माणसंगै रेश र धम्जावासीलाई सहज


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङको काठेखोला गाउँपालिकामा एकसाथ दुई मोटेरबल पुल निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको योजना अन्तर्गत बागलुङको काठेखोला गाँउपालिकामा एकासाथ दुई मोटरेवल पुल निर्माण गरिएको हो । 

गाउँपालिका-६ बिँहु र भिमापोखरा जोड्ने गरी लामाबगरमा र वडा नं ७ रेशको सिमानामा रहेको एक्लेखेतस्थित रेश खोलामा मोटरेवल पुल निर्माण भएको छ । पुल निर्माणपछि रेश र धम्जामा अब बाह्रैमास यातायातका साधन चल्ने भएको छ । 

बागलुङको काठेखोला गाउँपालिकाको रेशमा बर्खा लागेपछि सवारीसाधन खोलापार गर्न नसक्ने समस्या रेश खोलामा पुल निर्माण भएपछि हटेको काठेखोला गाउँपालिका-७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिए । रेश खोलाको पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले पाँच करोड २७ लाख बजेट विनियोजन गरेको थियो । गण्डकी प्रदेश भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय पोखरा र पूर्वाधार विकास कार्यालय बागलुङको साझेदारीमा २५ मिटर लामो मोटरेवल पुल निर्माण भएको हो ।

त्यसैगरी रू पाँच करोड लागतमा पुल निर्माणको ठेक्का निलगिरि नेशनल जेभिले जिम्मा लिएको थियो । विसं २०७६ सालमा ठेक्का सम्झौता भएको पुल २०७९ माघ मसान्तसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य निर्माण कम्पनीको छ ।

पुलको अहिले रङ्गरोगनको काम चलिरहेको छ । यस्तै लामाबगरमा ३० मिटर लामो पक्की पुल निर्माण भएको छ । तीन करोड ३१ लाख लागतमा पुलको निर्माणको जिम्मा पनि निलगिरि नेशनल जेभीले लिएको थियो । 

विसं २०७७  माघमा सकिने गरी २०७६ साउन २६ गते ठेक्का सम्झौता भए पनि कोरोना महामारीका कारण सम्झौताभन्दा दुई वर्षपछि मात्रै सम्पन्न भएको हो । लामाबगर पुल र रेश खोलाको पुल दुबै हस्तान्तरणको चरणमा पुगेको काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासङ्गम बिकले जानकारी दिए।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ४ : ५७ बजे

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस