साफ च्याम्पियनसिप खेल्ने यु–२० महिला फुटबल टिमको विदाई | Khabarhub Khabarhub

साफ च्याम्पियनसिप खेल्ने यु–२० महिला फुटबल टिमको विदाई


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु–२० राष्ट्रिय महिला फुटबल टिमलाई विदाई गरेको छ ।

एन्फाले मंगलबार बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई विदाई गरेको हो । च्याम्पियनसिपका लागि प्रिती राईको कप्तानीमा नेपाली टोलीको घोषणा भइसकेको छ ।

मुख्य प्रशिक्षक यम गुरुङले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । विदाई कार्यक्रममा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले अनुशासित भएर लक्ष्य प्राप्तिका लागि खेल प्रदर्शन गर्न आग्रह गरे ।

महिला यु–२० साफ च्याम्पियनसिप २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ७ : १८ बजे

वीरगञ्ज महानगरपालिका क्षेत्रमा खानेपानी परीक्षण जारी

काठमाडौं– वीरगञ्ज महानगरपालिकामा खानेपानी परीक्षण तथा शुद्धीकरणलाई जारी राखिएको छ

खोटाङको साकेलामा श्रमदान अभियान

खोटाङ– साकेला गाउँपालिकामा जनश्रमदान अभियान जारी रहेको छ । अभियानमार्फत

तीजमा कस्तो दर कसरी खाने ?

काठमाडौँ – नेपाली हिन्दू महिलाहरूको महान चाड हरितालिका तीजको दर

आयुर्वेद औषधि उत्पादन केन्द्रद्वारा नौ प्रकारका औषधि उत्पादन

चितवन– आयुर्वेद औषधि उत्पादन केन्द्र रत्ननगरले चालु आर्थिक वर्षमा नौ

रौतहटको बनबहुअरीमा मानवसेवा आश्रम सञ्चालन

चन्द्रपुर– कुशेऔँसीको अवसरमा सडक आश्रित ‘बा’हरूका लागि चन्द्रपुर–७ बनबहुअरीमा मानवसेवा