चोरीका सामग्रीसहित प्युठानबाट दुई युवा पक्राउ « Khabarhub

चोरीका सामग्रीसहित प्युठानबाट दुई युवा पक्राउ


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चोरीका सामग्रीसहित प्युठानबाट दुई जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानले दिएको जानकारीअनुसार स्वर्गद्वारी नगरपालिका ४ भिंगृमा खटिएको प्रहरीको गस्तीले रोल्पाका दुई युवा पक्राउ परेका हुन् ।

रोल्पाको सुनिल स्मृति गाउँपालिका ४ का २८ वर्षीय देव पुन र लुंग्री गाउँपालिका ६ गुम्चालका १८ वर्षीय भिमे परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूसँग खानतलासी गर्दा विभिन्न स्थानबाट चोरी गरेर ल्याइएका भाँडाकुँडाहरू तामाको ताउला २, गाग्री २, कसौँडी ३, डाडु १ थान र २ थान मोबाइल सेट फेला परेको छ ।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्युठानमा लगिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ७ : ४९ बजे

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई