शैक्षिक क्षेत्र सुधारमा गोकुलगङ्गा गाउँपालिका « Khabarhub

शैक्षिक क्षेत्र सुधारमा गोकुलगङ्गा गाउँपालिका


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रामेछाप – विद्यार्थीको आकर्षण निजी विद्यालयतिर बढ्दै जान थालेपछि रामेछापको गोकुलगङ्गा गाउँपालिकाले शैक्षिक क्षेत्र सुधारका लागि अभियान सुरु गरेको छ ।

उक्त अभियानअन्तर्गत विभिन्न विद्यालयमा शिक्षक तथा अभिभावकसँग अन्तरक्रियाका साथसाथै प्रधानाध्यापाक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई शिक्षाविद्मार्फत अनुशिक्षण दिन थालेको हो ।

सोही सन्दर्भमा उक्त गाउँपालिकाले प्रत्येक विद्यालयमा गुणस्तरीय शिक्षा कायम गर्ने अठोटका साथ शिक्षाविद् डा विद्यानाथ कोइरालालाई पालिकामा ल्याएर शैक्षिक क्षेत्र सुधारका उपायका बारेमा दुई दिन अनुशिक्षण चलाएको हो । शिक्षा क्षेत्रका सुधारका लागि प्रयासरत यस पालिकाको आयोजना र सामुदायिक विद्यालय व्यवस्थापन समितिका महासङ्घ केन्द्रीय समितिको सहजीकरणमा उक्त कार्यक्रम गरेको थियो ।

कार्यक्रममा पालिकाका अधिकांश विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ८ : ३८ बजे

दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी

काठमाडौं- दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी

गण्डकी प्रदेशमा तनहुँमा मात्रै पशुको रगत परीक्षण

दमौली– भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले आधुनिक पशु

समस्याग्रस्त सहकारीमा मागदाबी छुट भएका बचतकर्ताले फेरि मागदाबी गर्न पाउने

काठमाडौं– समस्याग्रस्त सहकारीमा बचत भएका तर, यसअघि मागदाबी छुट भएका

शिक्षा समिति : विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत