सिद्धार्थनगरका २६ जनालाई होटल तथा लज व्यवस्थापन तालिम « Khabarhub

सिद्धार्थनगरका २६ जनालाई होटल तथा लज व्यवस्थापन तालिम


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भैरहवा – नगर क्षेत्रमा पर्यटन प्रवर्द्धन र रोजगारी सृजना गरी होटल व्यवसायलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन १० दिने साना होटल तथा लज व्यवस्थापन तालिम प्रदान गरेको छ ।

सिद्धार्थनगर नगरपालिकाको आयोजना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्ष्ठान काठमाडौंको सहकार्यमा होटल कसरी चलाउने सम्पूर्ण प्याकेज कुकिङ, हाउस किपिङ, सर्भिस र फ्रन्ट अफिसलगायतको विषयमा केन्द्रित भई तालिम दिइएको हो ।

नगरभित्रका २६ जना होटल व्यवसायी, कार्यरत कर्मचारी, होटल व्यवसाय गर्न इच्छुक र विद्यार्थीहरूलाई तालिम प्रदान गरिएको नगरपालिकाका अधिकृत कमलकान्त खनालले जानकारी दिए । सञ्चालन गरिरहेको होटललाई के कसरी थप व्यवस्थापन गर्ने, रोजगारी सृजना गर्न र क्षमता अभिवृद्धि गरी यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न स्वरोजगार बन्न सहयोग पुगेस भन्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको अधिकृत खनालले बताए ।

माघ ४ गते देखि भैरहवा स्थित पौवा होटलमा साना होटल तथा लज व्यवस्थापन तालिम सुरु गरिएको थियो । कोभिडले शुन्य अवस्थामा पुगेको पर्यटन व्यवसायको मुख्य होटल व्यवसायी नै भएकोले यस व्यवसायलाई पूर्वावस्थामा ल्याउन तालिमले थप सहयोग पुग्ने तालिममा सहभागी होटल व्यवसायीले भने । तालिमबाट हामीलाई समयसापेक्ष ज्ञान तथा सीप प्रदान भएको र यसलाई व्यवहारमा उतारी थप व्यवस्थित रुपमा होटल संचलन गर्न सहयोग पुग्ने उनीहरूले बताए ।

१० दिने तालिममा होटल संचालनका लागि आधारभूत सबै क्षेत्रलाई समेटेर तालिम प्रदान गरिएको सहयोगी संस्था नेपाल पर्यटन होटल व्यवस्थापन प्रतिष्ठानका तालिम संयोजक अशोक उपाध्यायले बताए । करिब सय वढि चाइनिज, इन्डिियन, कन्टीनेन्टीयल, ब्रेक फास्ट, सुप, डेजर्ट, सलाद, थाली खाना, र खानाका परिकारहरुको तालिम दिएका छौ यसले होटलमा काम गर्नेहरुका लागि र होटल संचालन गर्ने तयारीमा रहनु भएका सबैले प्रत्यक्ष रुपमा लाभ लिएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ९ : १७ बजे

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

टी-२० विश्वकप : भारतले अमेरिकालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को