बन्दीपुरमा सुन्तला उत्पादन वृद्धि | Khabarhub Khabarhub

बन्दीपुरमा सुन्तला उत्पादन वृद्धि


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकामा सुन्तला उत्पादनमा वृद्धि भएको छ। गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेपछि उत्पादन वृद्धि भएको हो।

अघिल्ला वर्ष सुन्तलामा लाग्ने भाइरसका कारण बिरुवा मर्दै जान थालेपछि सुन्तला उत्पादनमा ह्रास आएको थियो। केही वर्षयता पुनः बन्दीपुरमा सुन्तला उत्पादनमा वृद्धि हुन थालेको गाउँपालिकाका कृषि शाखाप्रमुख सुलभ अधिकारीले जानकारी दिए। “सुन्तला उत्पादनमा वृद्धि गराउन गाउँपालिकाले योजनाबद्ध कार्यक्रम सञ्चालन गरेपछि त्यसको प्रतिफल देखिन थालेको छ,” उनले भने।

केही वर्षयता गाउँपालिका लगायतका विभिन्न निकायबाट सुन्तला पकेट क्षेत्र घोषणा गरी विभिन्न कार्यक्रममार्फत उक्त भाइरसको निदान गरी सुन्तला जोगाउन थालिएको छ। बन्दीपुर–३ स्थित रामकोट, तामुङडाँडा, वडा नं ५ को झारगाउँ, फलामडाँडा र ६ को काफलस्वाँरा, लखनबारी, घमलछाप, आँङटारीलगायत ठाउँहरु सुन्तला खेतीको पकेट क्षेत्र हुन्।

बर्सेनि व्यावसायिक रूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २५ प्रतिशतले वृद्धि भएको छ। यस वर्ष बन्दीपुरमा मात्रै एक सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको छ। जसको बजार मूल्य करिब रु एक करोड बराबर रहेको गाउँपालिका कृषि शाखाप्रमुख अधिकारीले बताए।

काफलस्वाँरा कृषक समूहबाट मात्रै करिब छ सय क्विन्टल सुन्तला उत्पादन भएको समूहका अध्यक्ष धनराज गुरुङले जानकारी दिए। बन्दीपुर मध्यपहाडी क्षेत्रमा पर्ने हुँदा यो क्षेत्र सुन्तला उत्पादनका लागि उत्तम ठाउँ मानिएको छ। यहाँको हावापानी र माटो सुन्तला खेतीका लागि उपयुक्त रहेको उनले बताए।

उनले भने, “केही वर्ष पहिले बोटमा किरा लाग्यो, उपचार पाएनन् त्यसले गर्दा उत्पादनमा कमी आयो, तर अहिले त्यो समस्या छैन, मौसमले पनि साथ दियो।” उहाँका अनुसार अघिल्लो वर्षका तुलनामा यस वर्ष २५ प्रतिशतले बढी उत्पादन भएको छ।

बन्दीपुरका ग्रामीण क्षेत्रमा सुन्तला उत्पादनका लागि सुन्तला जोन घोषणा गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए। “व्यावसायिक रुपमा सुन्तला खेती गर्ने कृषकलाई अनुदानको व्यवस्था मिलाउँछौँ”, उनले भने।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  १२ : ०२ बजे

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं–  रूपन्देहीको  बुटवल उपमहानगरपालिका-२ फूलबारी बस्ने ५५ वर्षीया अनिता विश्वकर्माको घरमा विद्युत्

बनेपाबाट सात जना जुवाडे पक्राउ

काभ्रेपलाञ्चोक–  बनेपा नगरपालिका-४ ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ तीनधारा

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

डोटी– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दिपायल सिलगढी नगरपालिका-१ ढार्चुम्मा

सुकुम्बासी बस्ती उठाउने बालेनको निर्णयविरुद्ध जेन-जीको समूह, समस्या नबुझी डोजर नचलाउन चेतावनी

काठमाडौं- काठमाडौंको बागमती र मनोहरा किनारसहितका सुकुम्बासी बस्ती उठाउने मेयर

कांग्रेसको नजरमा आलम : लोकतन्त्रका लागि लडे, पटक पटक जेल जीवन बिताए

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री तथा