‘पाकिस्तानमा भएको विष्फोटमा आतङ्कवादी सञ्जालको सम्लग्नता’ « Khabarhub

‘पाकिस्तानमा भएको विष्फोटमा आतङ्कवादी सञ्जालको सम्लग्नता’


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी पेशावर शहर खैबर पख्तुनख्वाको मस्जिदमा सोमबार भएको बम विस्फोटमा आतङ्कवादी सञ्जालको सम्लग्नता रहेको पाइएको छ । उक्त आत्मघाती बम विष्फोटमा संलग्न आतङ्ककारीको सञ्जाल पाकिस्तानी प्रहरीले फेला पारेको एक वरिष्ठ प्रहरी अधिकारीले बिहीबार बताएका छन् ।

पख्तुनख्वाका प्रहरी प्रमुख मोअज्जाम जाह अन्सारीले एक पत्रकार सम्मेलनमा भने, “प्रहरी आक्रमणको पछाडि रहेको आतङ्कवादी सञ्जाल पत्ता लगाउन नजिक पुगेको छ । हामी घटनामा प्रत्यक्षपमा सम्लग्न र योजनाकारहरूलाई पनि चिन्दछौं ।”

आत्मघाती आक्रमणकारी शहरको अति संवेदनशील क्षेत्रमा कसरी पस्न सफल भयो भन्ने बारे कुरा गर्दै अन्सारीले आक्रमणकारीले प्रहरीको पोसाक लगाएको र प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीले उसलाई प्रहरीसँग सम्बन्धित भएको ठानी झुक्एिको बताए ।

सोमबार दिउँसो १२ः३७ बजे आत्मघाती आक्रमणकारी हेल्मेट लगाएर मोटरसाइकलमा मुख्य गेटमा आई एक हवल्दारसँग मस्जिद कहाँ छ भनेर सोधेको बताउँदै आक्रमणकारीलाई यस क्षेत्रको बारेमा थाहा नभएकोजस्तो देखिएको छ ।

“आक्रमणकारीलाई लक्ष्य दिइएको थियो र उसको पछाडि पूरै नेटवर्क छ,” उनले भने । क्षतिग्रस्त मस्जिदको भग्नावशेषबाट आत्मघाती आक्रमणकारीको टाउको र आत्मघाती ज्याकेटमा प्रयोग गरिएको ‘बल बेयरिङ’ बरामद गरिएको र विस्फोटमा १० देखि १२ किलो अत्यधिक विस्फोटक ‘टीएनटी’ प्रयोग गरिएको उनले बताए ।

शक्तिशाली विस्फोटमा परी कम्तीमा १०० जनाको मृत्यु हुनुका साथै अन्य २०० भन्दा बढी घाइते भएका अस्पताल र प्रहरी अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ८ : २७ बजे

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह : चिनसँग नियमित अनुगमन

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २० गते शनिबार सन् २०२६