पिएलओद्वारा आइपिओ जारीका लागि सम्झौता | Khabarhub Khabarhub

पिएलओद्वारा आइपिओ जारीका लागि सम्झौता


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मोरङको सुन्दरहरैँचामा रहेको पूर्वाञ्चल ल्युब आयल लिमिटेड (पिएलओ) ले आइपिओ जारी गर्ने गरी प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

कूल पाँच लाख कित्ता सेयर जारी गर्नका लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । पिएलओका तर्फबाट प्रबन्ध निर्देशक भोलेश्वर दुलाल तथा प्रभु क्यापिटलबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सो सेयरमध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता स्थानीयवासीलाई र ५० हजार कित्ता सेयर कर्मचारीलाई बिक्री गरी बाँकी रहेको चार लाख कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने छ ।

आइपिओ जारी भएसँगै प्रालिका रूपमा रहेको पिएलओ पब्लिक कम्पनीमा रूपान्तरित भएर सर्वसाधारणमा सेयर जारी गर्न पुगेको पिएलओका प्रबन्ध निर्देशक दुलालले जानकारी दिए । “आगामी आर्थिक वर्षमा कम्पनीले पाँच लाख कित्ता सेयर सर्वसाधारणमा प्रिमियम मूल्यमा बिक्री गर्नेछ”, उनले भने, “पब्लिक कम्पनीमा जाने ग्रामीण भेगको पहिलो लुब्रिकेन्ट कम्पनी पिएलओ भएको छ ।”

पूर्वाञ्चल ल्यूब आयलले विगत २३ वर्षदेखि आफ्नो उत्पादन बजारमा उपलब्ध गराउँदै आइरहेको छ । हाल देशभर ९० भन्दा बढी डिलर र पाँच हजारभन्दा बढी खुद्रा व्यापारी कम्पनीमा आबद्ध छन् । दुई लाखभन्दा बढी ग्राहकले कम्पनीका उत्पादन प्रयोग गरिरहेको उल्लेख गरिएको छ । विदेशी लुब्रिकेन्टलाई विस्थापन गर्ने सोचसहित कम्पनीले पिएलओ ब्राण्डमा विभिन्न प्रकारका लुब्रिकेन्ट उत्पादन गर्दै आएको पिएलओका प्रबन्ध निर्देशक दुलालले जानकारी दिए ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  १० : १४ बजे

अस्ट्रेलियाका २५ हलमा लाग्दै ‘माग्ने राजा’

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ शीर्ष भूमिकामा रहेको फिल्म

नेपालले दियो मेलबर्न रेनेगेड्सलाई १४० रनको लक्ष्य

काठमाडौं– अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो

लोमान्थाङमा खुल्यो ‘सङ्ग्रहालय’

मुस्ताङ– उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित पर्खालले

पशुप्रेमी रिक्सा चालकले दिल्लीकी मुख्यमन्त्रीलाई हाने थप्पड

नयाँदिल्ली- भारतको राजधानी सहर दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि उनको सरकारी

जीवनको ठूलो पर्दामा ‘कमब्याक’ पक्का, साइन गरे ‘सकम्बरी’

काठमाडौं – अमेरिका पलायन भएका नायक जीवन लुइटेलले ७ वर्षपछि