लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ « Khabarhub

लागूऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरी सहायक निरीक्षक पक्राउ


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

मोरङ – विराटनगरमा लागूऔषध खैरो हेरोइन ओसारपसारका क्रममा प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयका अनुसार विराटनगरको रानीस्थित १ नम्बर ढाटबाट असई घनश्याम लाखे १ दशमलव ५२ ग्राम हेरोइनसहित पक्राउ परेका हुन् ।

बिहीबार अपराह्न साढे ४ बजे प्रदेश १–०३–००१ प १३५९ नम्बरको मोटरसाइकलमा आएका ३० वर्षीय लाखेलाई शंका लागेर चेक गर्ने क्रममा लागूपदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

लाखेको घर उदयपुरसिथत कटारी नगरपालिका भएको खुलेको छ। प्रहरीले लाखेसँगै मोटरसाईकलमा सवार इलामको माङ्सेबुङ गाउँपालिका–२ का २३ वर्षीय मनोज अधिकारीलाई पनि पक्राउ गरेको छ।

पक्राउ परेका दुवैजनालाई लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन शुक्रबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ८ : ५१ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल मंसिर ७ गते आइतबार। मंसिर

आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर ७ गते आइतबार। मंसिर

महाकाव्यकार दाहालको ‘बित्छ बिहान आमाको’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालको शब्द रचना रहेको गीत ‘बित्छ

एनपीएलले नेपाली खेलाडीको स्तरवृद्धिमा योगदान पुग्छ: प्रतिस जिसी

काठमाडौं – विराटनगर किंग्सका बलर प्रतिस जिसीले नेपाल प्रिमियर लिग