भारतीय दुतावासले पत्र पठाएको स्वीकार्दै सञ्चारमन्त्रीले भनेः त्यसलाई अन्यथा लिन हुन्न | Khabarhub Khabarhub

भारतीय दुतावासले पत्र पठाएको स्वीकार्दै सञ्चारमन्त्रीले भनेः त्यसलाई अन्यथा लिन हुन्न


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दुतावासले सरकारलाई पत्र पठाएको स्वीकार गरेका छन् ।

मन्त्री बास्कोटाले ‘दुई देशका सरकारबीच पत्रहरु आउने, जाने उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नहुने पनि स्पष्ट पारे ।

मंगलबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकपछि संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सीमा जोडिएका दुई मुलुकबीच आ–आफ्नो इन्ट्रेष्टका विषय हुने भएकाले त्यस्ता विषयमा हुने पत्रको आदानप्रदानलाई सरकारले स्वभाविक रुपमा लिएको प्रतिक्रिया दिए ।

‘सरकारका बीचमा पत्रहरु आउने, जाने गर्छन्, त्यसमा आ–आफ्नो इन्ट्रेष्टका विषयहरु पनि हुन सक्छन् ।’, मन्त्री बास्कोटाले भने, ‘त्यसलाई अन्यथा लिनु हुँदैन । जब दुई देशका सीमा जोडिएका छन्, जब उत्पादनहरु आदानप्रदान हुन्छन् भने त्यसमा त्यस्ता पत्र आदानप्रदान हुनु ठूलो कुरा होईन ।’

मन्त्री बास्कोटाले आयातित तरकारी तथा फलफूलमा हुने विषादी परीक्षणका लागि सरकार आवश्यक व्यवस्थापन गर्न गम्भिर रहेको पनि बताए ।

उनले नागरिकको अधिकारसँग जोडिएको विषयमा सरकार गम्भिर रहेको र सो समस्या समाधान हुने गरी आफ्ना उत्पादनलाई वृद्धि गर्न सरकार लागि परेको बताए ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  २ : ०५ बजे

राष्ट्रपति पौडेल तनहुँमा

तनहुँ– राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ आइपुगेका छन् ।

सुनको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।

हिमालयन हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने 

काठमाडौं– हिमालयन हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ

विश्व पौडेलको छलाङ : देउवा परिवारसँग ‘कनेक्सन’को कमाल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको

पूर्वराष्ट्रपति भण्डारीबाट बुद्धजयन्ती र उँभौली पर्वको शुभकामना 

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनमा करुणा, अहिंसा र शान्तिले मात्रै