स्वतन्त्र पार्टीको अल्टिमेटम आज सकिँदै, के गर्लान् प्रधानमन्त्री ? | Khabarhub Khabarhub

स्वतन्त्र पार्टीको अल्टिमेटम आज सकिँदै, के गर्लान् प्रधानमन्त्री ?


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको अल्टिमेटमा शनिबार सकिँदै छ।

गृह मन्त्रालय आफ्नो पार्टीलाई पुनः दिनका लागि प्रधानमन्त्री प्रचण्डले आनाकानी गरेपछि सरकारमा बस्ने या नबस्ने भन्नेबारेमा रास्वपाको बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिनसम्म प्रतिक्षा गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग रास्वपाका सभापति रवि लामिछानको फोन वार्ता सकारात्मक भएपछि अन्ततः दुई दिन कुर्ने निर्णय गरिएको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिएका थिए।

सर्वोच्च अदालतले १३ माघमा लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्रलाई अवैध ठहर गर्दै उनको मन्त्री र सांसदबाट पदमुक्त गरेको थियो।

यसपछि १५ माघमा जिल्ला प्रशासन कार्यालयमा अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएरर लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्रलाई ब्युँताए। यसपछि उनले पुनः आफूलाई उप्रधानसहित गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डसहित सत्तारुढ दलका शीर्षनेताहरुसँग लविङ गरे।

प्रमुख सत्ता साझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओली लामिछानेलाई गृहमन्त्री बनाउन सकारात्मक देखिए पनि प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरे। जसकारण रास्वपाले गत बिहीबार दुईदिने अल्टिमेटम दिँदै प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएको हो। उक्त अल्टिमेटम शनिबार सकिँदै छ।

यता लामिछानेको नेपाली नागरिकता अवैध ठहर गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउन्जेल फर्कन आग्रह गरेका प्रधानमन्त्री प्रचण्डले रास्वपाको मागबारे कुनै निर्णय गरिसकेका छैनन्।

प्रधानमन्त्री प्रचण्ड रास्वपालाई गृहमन्त्रालय दिन अस्वीकार गरेर पार्टीको बैठक बसेर सरकारमा रहने या नरहने निर्णय गरिने रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ६ : ३२ बजे

जनमतकी प्रदेश सभा सदस्यको राजीनामा, भनिन्- जनताको करबाट पारिश्रमिक लिन उपयुक्त लागेन

काठमाडौं- डा. सीके राउत नेतृत्वको जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा

आर्थिक सुधारलाई उच्च महत्व दिनेछौँ : अर्थमन्त्री पौडेल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई

संसद्‍मा बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि ध्यानाकर्षण

काठमाडौं– बर्खायाम सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोको

निवर्तमान गभर्नर अधिकारीविरुद्ध रिटको पेसी न्यायाधीश शर्माको इजलासमा

काठमाडौं– निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी

ट्यारिफ युद्धविरामको भोलिपल्ट सीको सार्वजनिक वक्तव्य : धम्की र प्रभुत्ववादले एक्लोपन निम्त्याउँछ

काठमाडौं – संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार युद्धमा करसम्बन्धी