जनताले महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : स्वास्थ्य मन्त्री गिरी « Khabarhub

जनताले महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : स्वास्थ्य मन्त्री गिरी


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले जनताले अनुभूत गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ आफू मन्त्री बनेको बताएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालको वार्षिक साधारणसभा तथा पाँचौ राष्ट्रिय अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री गिरीले स्वास्थ्य क्षेत्रका विकृति र विसङ्गति रोक्नका लागि पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहने पनि बताए ।

‘नेपालको स्वास्थ्य क्षेत्र विकराल छ, जनताले गुणस्तरीय सेवा पाउन सकेका छैनन्, यसबारे कलम चलाएर सुधारका लागि केही न केही योगदान गर्छु भन्ने लागेर नै तपाईहरू स्वास्थ्य पत्रकारितामा आउनुभएको होला,’ मन्त्री गिरीले भने, ‘हाम्रो स्वास्थ्य क्षेत्रलाई तमाम गरिब जनताको पहुँचमा कसरी पुर्‍याउन सकिन्छ, गरिबले पनि कसरी गुणस्तरीय सेवा पाउन सक्छन्, यस विषयमा खोज गरेर कलम चलाइदिनुस्, हामी जिम्मेवारीमा रहेका मानिसलाई पनि त्यसबाट फिडब्याक लिएर केही गर्न मार्गदर्शन मिलोस् ।’

उनले अगाडी भने, ‘स्वास्थ्य क्षेत्रका बेथिति, भ्रष्ट्राचार र अपारदर्शिताविरुद्ध  निर्मम भएर कलम चलाइदिनुभयो भने देशका लागि ठुलो योगदान हुनेछ, हामी जिम्मेवारीमा छौँ,  तपाईँहरूले हामीलाई खबरदारी गर्नुपर्छ ।’

स्वास्थ्य क्षेत्रमा देखिने गरी परिवर्तन ल्याउने अठोटका साथ आफूले मन्त्रालय सम्हालेको मन्त्री गिरीले बताए । ‘हामीले ठुलो परिवर्तन ल्याउने अठोटका साथ यो जिम्मेवारी लिएका छौँ । एकैचोटी सबै समस्या समाधान नहोला । हाम्रो स्रोत र साधनका सीमा छन् तर आम जनताले महसुस गर्ने गरी काम गर्नेछौँ,’ उनले अगाडी भने ‘पात्र र प्रवृत्तिदेखि सबै पक्ष नियालिरहेका छौँ, अहिले अध्ययनमै छौँ ।’

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १२ : ४५ बजे

परराष्ट्रमन्त्री खनाल र फ्रान्सकी नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत