जनताले महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : स्वास्थ्य मन्त्री गिरी « Khabarhub

जनताले महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ : स्वास्थ्य मन्त्री गिरी


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले जनताले अनुभूत गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने अठोटका साथ आफू मन्त्री बनेको बताएका छन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपालको वार्षिक साधारणसभा तथा पाँचौ राष्ट्रिय अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री गिरीले स्वास्थ्य क्षेत्रका विकृति र विसङ्गति रोक्नका लागि पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहने पनि बताए ।

‘नेपालको स्वास्थ्य क्षेत्र विकराल छ, जनताले गुणस्तरीय सेवा पाउन सकेका छैनन्, यसबारे कलम चलाएर सुधारका लागि केही न केही योगदान गर्छु भन्ने लागेर नै तपाईहरू स्वास्थ्य पत्रकारितामा आउनुभएको होला,’ मन्त्री गिरीले भने, ‘हाम्रो स्वास्थ्य क्षेत्रलाई तमाम गरिब जनताको पहुँचमा कसरी पुर्‍याउन सकिन्छ, गरिबले पनि कसरी गुणस्तरीय सेवा पाउन सक्छन्, यस विषयमा खोज गरेर कलम चलाइदिनुस्, हामी जिम्मेवारीमा रहेका मानिसलाई पनि त्यसबाट फिडब्याक लिएर केही गर्न मार्गदर्शन मिलोस् ।’

उनले अगाडी भने, ‘स्वास्थ्य क्षेत्रका बेथिति, भ्रष्ट्राचार र अपारदर्शिताविरुद्ध  निर्मम भएर कलम चलाइदिनुभयो भने देशका लागि ठुलो योगदान हुनेछ, हामी जिम्मेवारीमा छौँ,  तपाईँहरूले हामीलाई खबरदारी गर्नुपर्छ ।’

स्वास्थ्य क्षेत्रमा देखिने गरी परिवर्तन ल्याउने अठोटका साथ आफूले मन्त्रालय सम्हालेको मन्त्री गिरीले बताए । ‘हामीले ठुलो परिवर्तन ल्याउने अठोटका साथ यो जिम्मेवारी लिएका छौँ । एकैचोटी सबै समस्या समाधान नहोला । हाम्रो स्रोत र साधनका सीमा छन् तर आम जनताले महसुस गर्ने गरी काम गर्नेछौँ,’ उनले अगाडी भने ‘पात्र र प्रवृत्तिदेखि सबै पक्ष नियालिरहेका छौँ, अहिले अध्ययनमै छौँ ।’

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  १२ : ४५ बजे

स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड

बागलुङ – बागलुङको बडिगाड गाउँपालिकालाई स्थानीय उत्पादनको हवका रूपमा विकास

शैक्षिक रूपान्तरणमा केन्द्रित पुस्तक ‘ज्योतिर्गमय’ विमोचित

काठमाडौं – प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’

माल्दिभ्सको समूद्रमा डुबेका चारजनाको मृत फेला

रोम – माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको

बाघको आक्रमणबाट वन हेरालु घाइते

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका