विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा पर्‍यो दुई वटा रिट « Khabarhub

विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा पर्‍यो दुई वटा रिट


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी चेकजाँच नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुई थान रिट निवेदन दायर भएको छ।

उपभोक्ता हित संरक्षण मञ्च र स्वतन्त्र राष्ट्रिय अभियानले फरक-फरक रिट मंगलबार दर्ता गराएका हुन् । दुवै निवेदनको सुनुवाइ बुधबारका लागि तोकिएको छ।

भारत लगायत तेस्रो देशहरुबाट आउने तरकारीहरुको समेत विषादी परीक्षण गरेर मात्र मुलुकमा भित्र्याउने व्यवस्था तत्काल गर्नु भनी अन्तरिम आदेशको माग गर्दै अधिवक्ताद्वय स्वागत नेपाल र नारायणप्रसाद दवाडीले रिट दायर गरेका हुन्।

उपभोक्ता हित संरक्षण मञ्चले सोमबार नै सरकारको निर्णय र भन्सारमा तत्काल चेकजाँचको व्यवस्था गर्नु भनी आदेश माग गरेर रिट सर्वोच्च पुर्‍याएको थियो। सर्वोच्चले उक्त रिटलाई पनि मंगलबार मात्र दर्ता गरेको हो।

विषादीयुक्त फलफूल तथा तरकारी प्रयोग गर्दा गर्भवतीहरु प्रभावित हुने र भविष्यमा जन्मिने बच्चालाई समेत असर गर्ने हुँदा परीक्षण नगर्ने निर्णय जनस्वाथ्यको रुपमा गलत भएको दाबी निवेदनमा गरिएको छ।

विषादी परीक्षण गर्ने मेसिन नभएको बहानामा विषादीयुक्त तरकारी तथा फलफूलहरु बेच्न खोज्नु नेपालको संविधानले सुरक्षित गरेको खाद्यको मौलिक हकविरुद्ध हुने रिटमा उल्लेख छ।

विषादीयुक्त खानाले स्वास्थ्यमा विभिन्न समस्याहरु देखा पर्ने भन्दै यो निर्णय आम नागरिकको मौलिक हकको विरुद्ध भएको रिटमा उल्लेख छ। साथै मौलिक हकसँग जोडिएको विषयमा राजपत्रमा प्रकाशित भइसकेको सूचनालाई सच्याउन नमिल्ने पनि रिटमा भनिएको छ।

भारतबाट आयात हुने फलफूल र तरकारीमा असार २ गतेबाट सुरु गरिएको विषादी परीक्षण रोक्न भारतले दबाब दिएको पुष्टि भइसकेको छ। भारतीय दूतावासमार्फत आएको दबाबपछि गत १९ गतेको मन्त्रिपरिषद् बैठकले विषादी परीक्षणबारेको निर्णय फिर्ता लिएको थियो।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  २ : २४ बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो