बनेपामा सिरिन्ज आक्रमण गरेको आरोप लागेका युवक थुना मुक्त | Khabarhub Khabarhub

बनेपामा सिरिन्ज आक्रमण गरेको आरोप लागेका युवक थुना मुक्त


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सार्वजनिक बसमा युवतीमाथि सिरिन्ज (सुई) घोपेको आरोपमा पक्राउ परेका युवक रिहा भएका छन् ।

बसमा यात्रा गरिरहेका बेला एक युवतीले आफूमाथि सिरिन्ज आक्रमण गरेको आरोप लगाएपछि स्याङ्जाका शिक्षक खगेन्द्रप्रसाद पाठक पक्राउ परेका थिए ।

काभ्रेको धुलिखेलमा उपचाररत भनिएका दाईलाई भेट्न काठमाडौंबाट धुलिखेल जाने गाडीमा चढेका पाठकलाई सोही बसमा यात्रारत एक १९ वर्षीया किशोरीले आफूमाथि सुई घोपेको आरोप लगाएकी थिइन् ।

युवतीको आरोपपछि बसमा यात्रारत यात्रु र स्थानीयले पाठकलाई कुटपिट गरेका थिए । स्थानीयको घेरामा रहेका पाठकलाई प्रहरीले काभ्रेको बनेपाबाट नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा युवतीमाथि पाठकले नै सिरिन्ज आक्रमण गरेको पुष्टि हुने कुनै प्रमाण फेला नपरेपछि उनलाई हिरासत मुक्त गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

सिरिन्ज आक्रमणमा परेकी भनिएकी किशोरीलाई भने चेकजाँचका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण केन्द्र पठाइएको र रिपोर्ट आएपछि मात्रै थप कारबाही अगाडि बढाइने एसपी सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  २ : ३७ बजे

जिल्ला समन्वय समिति अछाममा डेढ महिनादेखि तालाबन्दी

अछाम- जिल्ला समन्वय समितिको कार्यालय अछाममा डेढ महिनादेखि तालाबन्दी गरिएको

नेपाली सेनाले मनायो संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस

काठमाडौं- नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको स्थापना दिवस विशेष कार्यक्रम आयोजना

राष्ट्रपति पौडेल कतारबाट स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट स्वदेश फिर्ता भएका

मुग्लिन-नारायणगढ खण्डमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन

काठमाडौं– मुग्लिन-नारायणगढ सडक खण्डको जलवीरे नजिकै नारायणगढतर्फ सुख्खा पहिरो खसेको

ओलीको आरोप- देशलाई छाडा ढंगले चलाउन यो सरकारले संसद् भंग गर्‍यो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छाडा ढंगले