अमेरिकी आकाशमा चिनियाँ बेलुन उडेपछि विदेशमन्त्री ब्लिन्केनको चीन भ्रमण रद्द « Khabarhub

अमेरिकी आकाशमा चिनियाँ बेलुन उडेपछि विदेशमन्त्री ब्लिन्केनको चीन भ्रमण रद्द


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीन भ्रमण रद्द गरेका छन् । अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन देखा परेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएका बेला विदेशमन्त्री ब्लिन्केनले चीन भ्रमण रद्द गरेका हुन् ।

यसअघि अमेरिकाको मोन्टाना राज्यको आकाशमा चिनियाँ जासुसी बेलुन देखा परेको थियो । उक्त बेलुनले मोन्टानामा रहेका आणविक हतियार भण्डारण गर्ने स्थानको जासुसी गरिरहेको हुनसक्ने अमेरिकी अधिकारीको आशंका छ ।

यद्यपि चीनले भने उक्त बेलुन मौसमबारे अध्ययन गर्न उडाइएको जनाएको छ ।

अमेरिकी विदेशमन्त्रीले विगत ५ वर्षमा पहिलो पटक चीनको भ्रमणमा निस्कन लागेका थिए । ट्रम्प प्रशासनका बेला चुलिएको व्यापार युद्धका कारण उसैपनि दुई मुलुकबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ ।

पछिल्लो पटक अमेरिकी आकाशमा चिनियाँ बेलुन देखिएपछि भने सम्बन्ध अझ चिसिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ५ : २५ बजे

प्रधानमन्त्रीलाई गगनले भने- निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक देखिएन 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको निजी क्षेत्रप्रतिको दृष्टिकोण

ब्रिक्स शिखर सम्मेलनमा युद्ध र विश्व व्यापार मुख्य एजेन्डा

नयाँदिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ११ सदस्यीय ब्रिक्स शिखर सम्मेलनमा सहभागी

अर्थतन्त्र गतिशील बनाउन पाँच ‘विशेष प्याकेज’ अघि बढाउँदै सरकार

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पाँचवटा

ब्रिक्स शिखर सम्मेलनका कारण नयाँदिल्लीमा कडा सुरक्षा

नयाँदिल्ली-  ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा व्यवस्था लागू गरिएपछि

रसुवा बाढीपीडित राहत शिविरमा हेल्प डेस्क राख्न निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले रसुवा बाढीबाट