श्रीमतीको हत्या आरोपमा पक्राउ « Khabarhub

श्रीमतीको हत्या आरोपमा पक्राउ


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रीमतीको हत्या गरेको आरोपमा झापाको अर्जुनधरा नगरपालिकाबाट आज एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधारा–८ स्थित प्लटिङ नजिकै बसोबास गर्दै आएका ३३ वर्षीय मनोज बस्नेत रहेका छन् । गत बुधबार राति ४५ वर्षीया श्रीमती कल्पना पोखरेल बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

श्रीमतीको हत्या गरेसँगै शव घर नजिकैको खाल्डोमा पुरेर राखेको र शनिबार स्थानीयवासीले देखेसँगै प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय अनरानीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

उदयपुरको साविक रामपुर–२ घर भएका उनी केही समयदेखि अर्जुनधारा बसोबास गर्दै आएका थिए ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ९ : ०१ बजे

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार

नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय

काठमाडौं – नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको

‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा कोइरालालाई

काठमाडौं – यसवर्षको ‘सेवा पुरस्कार नेपाल’ मुटु रोग विशेषज्ञ डा

डा गोविन्द केसीले तोडे अनसन

काठमाडौँ । काठमाडौँ । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन्

अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार

सुदूरपश्चिम – कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको