पाँच दिनदेखि मालपोतको कामकाज बन्द हुँदा सेवाग्राही मारमा | Khabarhub Khabarhub

पाँच दिनदेखि मालपोतको कामकाज बन्द हुँदा सेवाग्राही मारमा


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विगत पाँच दिनदेखि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयको कामकाज बन्द हुँदा सेवाग्राही मारमा परेका छन् ।

गत बुधबारदेखि नै मालपोत महोत्तरीमा आबद्ध करिब दुई सय लेखापढी कानून व्यवसायीहरू (लेखनदास)ले मालपोतमा हुने कागजपत्रको लेखापढी बन्द गरेका कारण सेवाग्राहीको कामकाज हुन नपाउँदा उनीहरू मारमा परेका हुन् ।

लेखापढी कानून व्यवसायीले मालपोतमा सेवाग्राहीलाई आवश्यक पर्ने राजीनामा, जग्गापास, नामसारी, अंशबन्डा, रोक्का, रोक्का फुकुवालगायतका सबै लेखपढ गर्नुपर्ने कागजी कामकाज गत बुधबारदेखि ठप्प परेका छन् । बुधबार जिल्ला प्रहरीले मालपोत कार्यालयबाट पाँच बिचौलियालाई पक्राउ गरेपछि मालपोतमा काम गर्ने लेखापढी कानून व्यवसायीले पक्राउ परेका पनि लेखापढी कानून व्यवसायी रहेको भन्दै उनीहरूलाई निःशर्त छाड्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका थिए । शुक्रबार प्रहरीले उनीहरूलाई रिहा गरिसक्दा पनि व्यवसायहीहरू अझै काममा फर्किएका छैनन् भने मालपोतको कामकाज आज पाँचौँ दिन पनि ठप्प रहेको छ ।

जिल्ला प्रहरीले मालपोत कार्यालयबाट पक्राउ परेका पाँच जनामाथि शान्ति विरुद्धको अपराधमा सात दिनको म्याद थप गरी कानूनी कारबाही प्रक्रिया अगाडि बढाएपछि मालपोतम कार्यरत दुई सय लेखनदास जिल्ला प्रशासन कार्यालयमा धर्ना बसेपछि प्रहरीले प्रशासन कार्यालयसँगको समन्वयमा उनीहरूलाई शुक्रबार छाडेको थियो । तर उनीहरु विरुद्ध मुद्दा अझै पनि चलिरहेको र सोही मुद्दा खारेजीको माग गर्दै लेखनदास अझै आन्दोलित छन् ।

बुधबार दिउँसो मालपोत कार्यालयको प्राङ्गणमा सेवाग्राहीलाई हाकिम, कर्मचारीसँग आफ्नो सेटिङ रहेको र आफूले छिटोछरितो काम गराइदिने भन्दै प्रलोभन देखाउँदै पैसाको मोलमोलाई गरिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ८ : २२ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास