रेशम चौधरीको मुद्दामा सरकार पक्ष झिकाउने आदेश « Khabarhub

रेशम चौधरीको मुद्दामा सरकार पक्ष झिकाउने आदेश


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी (सरकार पक्ष) झिकाउने आदेश गरेको छ ।

न्यायाधीशद्वय टङ्कबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले आज सरकार पक्षलाई झिकाउने आदेश गरेको हो । अदालतको आदेशानुसार नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीसहितले विपक्षी बनाएकाहरू अदालतमा उपस्थित हुनुपर्ने भएको चौधरी पक्षका अधिवक्ता विकास भट्टराईले जानकारी दिए ।

उक्त घटनाका बारेमा सरकारले कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त अदालतले तीन वर्षको कैद गर्ने फैसला सुनाएको थियो भने उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो ।

उक्त फैसलाविरुद्ध रेशमसहित सीताराम चौधरी, हरिनारायण चौधरी, श्रवण चौधरी, चुन्नीराम चौधरी, राजकुमार कठरिया, प्रदीप चौधरी र लक्ष्मण थारूले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए । सोही निवेदनमाथिको सुनुवाइपछि अदालतले उक्त आदेश गरेको हो ।

थरूहटको आन्दोनका क्रममा २०७२ साल भदौ ७ गते भएको टीकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठजनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ८ : ३६ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको