कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण « Khabarhub

कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । बर्दघाट नगरपालिका–४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिबार मिर्गौला प्रत्यारोपण गरिएको हो ।

कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा भएपश्चात् शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र अस्पताल निर्देशक डा डम्बर खड्का नेतृत्वको संयुक्त टोलीले प्रत्यारोपण कार्य सम्पन्न गरेको हो ।

थापालाई उनकी ४३ वर्षीया आमाले मिर्गौला दान गरेका हुन् । प्रत्यारोपण कार्यमा काठमाडौँ उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक र कर्णालीमा पहिलो पटक निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा खड्काले जानकारी दिए । उनकाअनुसार प्रदेश अस्पतालले अनुमति पाएको तीन महिनापछि सफल मिर्गौला प्रत्यारोपण भएको छ ।

शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा श्रेष्ठ र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा खड्काले प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि विसं २०७८ चैत १० गते सम्झौता गरेका थिए। केन्द्रबाट डा रविकिरण गौतम, डाक्टर हरि बराल, एनेस्थेसियोलोजिस्ट डा सोभित थापा, रश्मित श्रेष्ठ, नेफ्रोलोजिस्ट डा सुमित आचार्य, डा दीपा लामिछाने र रेडियोलोजिस्ट डा समीर दवाडी संलग्न थिए ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ९ : ३१ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा