पर्यटनमन्त्री किराती लुम्बिनीमा, गुरुयोजना पहिलो प्राथमिकता « Khabarhub

पर्यटनमन्त्री किराती लुम्बिनीमा, गुरुयोजना पहिलो प्राथमिकता


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती आज लुम्बिनी आएका छन् । लुम्बिनीको दर्शन गर्न उनी पहिलोपटक यहाँ आएका हुन् ।

“सानैदेखि लुम्बिनीका बारेमा सुनेको, पढेको थिएँ तर भौतिक रुपमा आउन पाएको थिएन”, मन्त्री किरातीले भने, “समग्रमा लुम्बिनी राम्रो लाग्यो ।” उनले मायादेवी मन्दिरको दर्शन गरी दीप प्रज्वलनसमेत गरे

लुम्बिनी भ्रमणपछि सञ्चारकर्मीसँग मन्त्री किरातीले लुम्बिनी गुरुयोजनालाई पहिलो प्राथमिकतामा राखी अगाडि बढ्ने बताए । उनले गुरुयोजना धेरै पछाडि परेको उल्लेख गर्दै यसलाई पूरा गर्न निर्देशन दिए ।

लुम्बिनी गुरुयोजनाभन्दा बाहिर गएर काम गर्ने साहस नगर्न उनले कोषका पदाधिकारीलाई चेतावनीसमेत दिए । “सबभन्दा पहिला हामीले लुम्बिनी गुरुयोजना पूरा गर्नुपर्ने हुन्छ, तोकिएका समयभन्दा २८ वर्ष बढी किन लम्बियोे भन्ने मेरो चासो रहेको छ”, किरातीले भने ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ९ : ३७ बजे

बालेनले विधि मासेर बल र संविधान छलेर सेनाको आडमा शासन गर्न खोजे : प्रभु साह

सिराहा– आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

काठमाडौं– विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज नेपाल पत्रकार महासङ्घले

अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका

पर्वत– दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानीखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन

युरोपसँग तनावबीच जर्मनीबाट ५ हजार भन्दा बढी अमेरिकी सैनिक फिर्ता हुने

वाशिङ्टन- युरोपेली संघसँग विवाद बढ्दै गइरहेका बेलाा अमेरिकाले जर्मनीबाट आफ्ना

इरानी सुपरट्यांकरले तोड्यो अमेरिकी नाकाबन्दी

तेहरान- इरानको नेशनल इरानियन ट्यांकर कम्पनीको एक भीएलसीसी सुपरट्यांकरले अमेरिकी